Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

‘आइएमई खल्ती लिमिटेड’ को एकीकृत कारोबार शुरु, चुक्ता पुँजी ५४ करोड माथि


काठमाडौँ। ‘आइएमई खल्ती लिमिटेड’ को एकीकृत कारोबार शुरु भएको छ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आजबाट औपचारिक रुपमा एकीकृत कारोबार शुरु गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले एकीकृत कारोबार गर्नका लागि लाइसेन्स खल्ती आईएमी समूहलाई हस्तान्तरण गरेका छन् । एकीकृत कारोबारको शुरुवात कार्यक्रममा ‘आईएमई खल्ती लिमिटेड’का निर्देशक प्रविन रेग्मीले यो मर्जर सेवामा नयाँ अवसर खोजिका लागि भएको बताए । उनले आजको दिन डिजिटल भुक्तानी क्षेत्रको मात्रै नभएर फिनटेक र बैंक तथा वित्तीय संस्थाका लागि पनि एक महत्वपूर्ण कदम भएको बताए । फिनटेकका दुई ठूला संस्थालाई मर्जमा भएर जानू आफैंमा चुनौतीपूर्ण भएको बताउँदै मर्जरमा जान कुनै संकट आफूहरुलाई नचाहिएको स्पष्ट पारे ।

दुई संस्था मर्ज भएसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने बिहीवारबाट दुई कम्पनी एक आपसमा मर्ज भएर ‘आईएमई खल्ती लिमिटेड’ बनेसँगै दुईको प्रयोगकर्ता संख्या १ करोड २७ लाख पुगेको छ ।

यसअघि खल्तीमा ७० लाख र आईएमईपे ५७ लाख प्रयोगकर्ता थिए । सेवाग्राही र पुँजीले ‘खल्ती बाइ आइएमई’ लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ । यस मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने विश्वास कम्पनीले गरेको छ ।


प्रकाशित मिति: १ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?