काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमाले पृष्ठभूमिको अर्थमन्त्रीले प्रतिकुल परिस्थितिमा अनुशासित बजेट ल्याउँछ भन्नेमा होशियार भएर बजेट ल्याएको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको ‘पोस्ट बजेट : अ होलिस्टिक डिस्कर्स’ कार्यक्रममा बोल्दै उनले एमाले पृष्ठभूमिका अर्थमन्त्रीले लोकप्रिय बजेट ल्याउँछन् भन्ने मानक रहेको भन्दै यस
काठमाडौँ। पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले राज्य संरचनागत प्रणाली संविधानको मान्यताविपरित रहेको टिप्पणी गर्नुभएको छ । इकोनोमिक मिडिया सोसाइटी नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको ‘पोस्ट बजेट : अ होलिस्टिक डिस्कर्स’ कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री समेत रहेका उपमहासचिव शर्माले यस्तो टिप्पणी गरेका हुन् । उनले संरचनागत प्रणालीको कमजोरीकै
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँगको वार्ता निष्कर्ष उन्मुख रहेको बताएका छन् । सोमवार साँझ मन्त्रीपरिषद्को बैठकपछि कुरा गर्दै मन्त्री पन्तले शिक्षक महासंघसँगको चरणवद्ध वार्ताहरु सहमतिबाट टुंगिन लागेको बताएका छन् । शिक्षक महासंघसँगको वार्ता औपचारिक सहमतिको अवस्था नबनेको भन्दै सोमवार बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा तथा प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसदको कारबाही अघि बढ्न नदिने निर्णय गरेको छ । सोमवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी संसदीय दलको बैठकले उक्त निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । उनकाअनुसार मंगलवारको बैठकमा पनि जेठ १३ र
काठमाडौँ। सरकार र यातायात व्यवसायीहरुबीचको वार्ता सकारात्मक भएको छ । सोमवार साँझ मन्त्रालयमा बसेको सरकार र यातायात व्यवसायीहरुबीचको छलफल निष्कर्षोन्मुख रहेको हो । आफूहरुका सात बुँदामध्ये एक नम्बरको बुँदा गण्डकी प्रदेश सरकारबाट अवैधानिक रुपले ऐन विपरित राइड शेयरिङ नीति ल्याइएको भन्दै खारेजी गर्नुपर्नेमा एक नम्बरको माग मात्रै सम्बोधन हनु नसकेको
काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध कायमै राख्ने अडान राखेको छ । सिंहदरबारमा बसेको तीन ठूला दलका शिर्ष नेताको बैठकमा आफूहरुले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद चल्न नदिने अडान राखेको पार्टी प्रमुख सचेतक हितराज पाण्डेले बताएका छन् ।
काठमाडौँ। राजा वीरेन्द्रको सम्झनामा कमलादीस्थित गणेशमन्दिरमा दीप प्रज्वलन गरिएको छ । सोमवार साँझ पूर्वयुवराज्ञी हिमानी शाह, पूर्वनययुवराज हृदयेन्द्र शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहितका राजावादी नेता र समर्थकहरु भेला भइ स्व. राजा वीरेन्द्रको स्मरणमा दीप प्रज्वलन गरेका हुन् । उनीहरुले राजा वीरेन्द्रको परिवारसहितको तस्बिरमा माल्यार्पण र पुष्पगुच्छासमेत अर्पण
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । सोमवार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको ‘पोस्ट बजेट अहोलिस्टिक डिसकर्स’मा बोल्दै उनले बजेटको कार्यान्वयनमा जोड दिन आग्रह गरेका हुन् । उनले सुशासन बिना राम्रो नतिजा दिन नसकिने बताए । उनले सुशासन पालना गराउन
काठमाडौँ। विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले पदभार ग्रहण गरेका छन् । सोमवार अध्यक्ष हुमागाईंले बोर्डको बबरमहलस्थित कार्यालयमा पदभार ग्रहण गरेका हुन् । जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले हुमागार्लाई विज्ञापन बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । पदभार ग्रहण गर्दे अध्यक्ष हुमागाईले पहिलो कार्यकालमा अघि बढाएका राष्ट्रिय विज्ञापन नीति जारी गर्ने
काठमाडौँ। नेपालमा विश्व खाद्य स्वच्छता दिवस सप्ताहव्यापी रुपमा मनाइने भएको छ । सोमवार काठमाडौंमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । हरेक वर्ष ७ जुनमा विश्व खाद्य स्वच्छता दिवस मनाउने गरिन्छ । यस वर्ष पनि विगत झैँ ‘खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता’ भन्ने