Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

प्रमुख दुई ठूला दलले सत्ताको सिण्डिकेट बनाएर देश लुटिरहेको राप्रपाको आरोप


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रमुख दुई ठूला राजनीतिक दलले सत्ताको सिण्डिकेट बनाएर देश लुटिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो आरोप लगाएका हुन् । राजावादीहरुलाई तहल लगाएको भन्दै जनतामा भ्रम छरेर लुट्ने काम भइरहेको उनको आरोप छ । उनले संसदमा लामो सयमदेखि दुई महत्वपूर्ण राजनीतिक दलहरुले विरोध गरिरहेका पनि सरकारले दुई तिहाईका शक्ति प्रदर्शन गरिरहेको टिप्पणी गरे । उनले गतिरोध र त्यसको व्यवस्थापनप्रति सभामुखले खलेको भुमिकाप्रति पनि आपत्ति जनाए । उनले संसदमा डेढ महिनादेखि विरोध भइरहँदा पनि जबर्जस्ती बैठक चलाइएको उल्लेख गदैए यो समय सभामुखको कार्यकालकै कालो समयको रुपमा रहने टिप्पणी गरे ।

उनले भने, ‘राजावादी र गणतन्त्रविरोधीलाई तह लगायौं भनेर गंका पिटेर जनतालाई भ्रम छरेको के रहेछ, छट्टु स्यालको कथा पो रहेछ । चिल आयो, चिल आयो भन्ने अनि तल टिप्ने ? जनताको ध्यान एकातिर लगेर दुई ठूला–ठूला पार्टीबीच सरकार बनाएर देश लुटेर बस्ने अनि जनताले टुलुटुलु हेरेर बसनुपर्ने ? यो कुरा कदापि सह्य हुदैन सभामुख महोदय । यसको प्रतिवाद हुन्छ । हामी संसदबाट विरोध गरिरहेका छौं र आवश्यक पर्योभने हामी सडकबाट पनि प्रतिवाद गरिन्छ । दुई दलहरुले भिजिट भिसाको विरोधमा आवाज उठाइरहेका छौं । यसको गलत व्याख्या नगरियोस् । भिजिट भिसामा जाने मानिसको विरोध गरिएको होइन । विदेश जाँदा खेरी मान्छे भिजिट भिसामै जाने हो । जसरी रकम असुली गरेर बेरोजगार युवाहरुको रोजगारी खोज्ने चाहानामाथि कमाउने सरकारको सुनियोजित धन्दाको हामीले विरोध गरेका हौं । म सभामुखको ध्यानाकर्षण गराउन चाहान्छु सभामुद महोदय, यो संसदीय इतिहासमा कालो समय हो । संसदका दुई महत्वपूर्ण राजनीतिक दलहरुले डेढ महिनादेखि संसदमा विरोधमा गर्दाखेरी जुन संसद चलाउने प्रयास भइरहेको छ । केवल सरकारको अकर्मण्यता र उदासिनता मात्र होइन तपाईको आफ्नो कार्यकालको सबैभन्दा कालो समयको रुपमा उल्लेख रहनेछ ।’

उनले बेरोजगार युवाबाट रकम असुली गरेर भिजिट भिसाको दुरुपयोग गरेको विषयमा आफूहरुको आन्दोलन जारी रहने पनि बताए ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?