Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

मन्त्री गुप्ताको ‘घुस डिल’बारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छः माओवादी केन्द्र


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस डिलसम्बन्धी अडियोबारे प्रधानमन्त्रीसँग जवाफ माग गरेका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद पौडेलले यस्तो माग गरेका हुन् । उनले सरकार भ्रष्टाचार नियन्त्रणमा गम्भीर नभएको आरोप लगाए । उनले विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गोकुल बास्कोटाले सार्वजनिक रूपमा भ्रष्टाचारको आरोप लागेपछि राजीनामा दिएको स्मरण गर्दै त्यसैगरी जवाफदेही बन्न पनि आग्रह गरे ।

उनले भने , ‘मन्त्रीको घुस डिल बाहिरिएको छ । केपी ओलीजी प्रधानमन्त्री हुँदा पहिले गोकुल बास्कोटाजीले राजीनामा दिनुभएको थियो । दुनियाँ अगाडि दुनियाले सुन्नेगरी भन्न चाहन्छु–हामी भ्रष्टाचार गर्दैनौं । यो भनाई सम्माननीय प्रधानमन्त्रीज्यूको हो । सभामुख महोदय शून्य सहनशीलता कहाँ छ ? भ्रष्टाचार नियन्त्रणको प्रतिवद्धता कहाँ छ सभामुख महोदय ? लोकतन्त्रको इमानी शासन प्रणाली कहाँ छ ? जसले जे मन लाग्यो त्यही गर्ने, आफ्नो मान्छेले जसो गरेपनि हुने, यही हो लोकतन्त्र ? त्यसकारण तत्काल जनताले थाहा पाउनेगरी मन्त्रीहरुको बारेमा आएका कुराहरु के हुन् ? प्रधानमन्त्रीले जवाफ दिनको लागि म माग गर्दछु ।’

आफ्नो मान्छेले जे गर्दापनि हुन्छ भन्ने मानसिकताले देश थप संकटतर्फ जाने उनको टिप्पणी छ ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?