Trending
>>   शिक्षा विधेयक सच्याउन माग गर्दै शिक्षक महासंघद्वारा रास्वपा पार्टी कार्यालयमा धर्ना (तस्बिरसहित) >>   बालसंरक्षणमै समर्पित छु, राजनीतिक षड्यन्त्रका आरोप निराधार : इन्दिरा राना >>   अफगानिस्तानमा गएको ६.० म्याग्निच्युडको भूकम्पले ८ सय बढीको मृत्यु >>   स्वास्थ्य बीमा कार्यक्रमलाई सामाजिक सुरक्षा कोष मातहत नल्याएकोमा अखिल नेपाल ट्रेड युनियन महासंघको आपत्ति >>   मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त हुँदैनः राष्ट्रपति >>   लिम्पियाधुरामा व्यापारिक मार्ग खोल्ने सम्झौताको कुटनीतिक नोटमार्फत विरोध जनाइसकेका छौँः प्रवक्ता गुरुङ >>   विद्यालय बन्द गराउँदैनौ तर विद्यालय शिक्षा विधेयक सच्चाउनु पर्छः नेशनल प्याब्सन >>   सीमा सुरक्षाका बारेमा सरकार गम्भीर छः गृहमन्त्री लेखक >>   राष्ट्रपतिलाई राजनीतिक दलमा आवद्ध हुन संविधानले रोक्दैनः उपाध्यक्ष पाण्डे >>   भिजिट भिसामार्फत करिव ४० हजार नेपाली महिला कुवेतमा बेचिए, सरकारको जवाफ चाहियोः सांसद विष्ट
Logo
१६ भाद्र २०८२, मंगलवार
१६ भाद्र २०८२, मंगलवार

विगतका घटनाबाट पाठ सिकेर विपद् प्रतिकार्यमा जुट्न सरकारलाई अध्यक्ष दाहालको आग्रह


काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका घटनाहरुबाट पाठ सिकेर मनसुनजन्य विपद् प्रतिकार्यका लागि तयारीमा जुट्न सरकारलाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो आग्रह गरेका हुन् । उनले विपद् व्यवस्थापनमा सामूहिक प्रयासको आवश्यकता रहेको पनि बताए । रसुवालगायत देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोले ठूलो जनधनको क्षति र्पुयाएको उल्लेख गर्दै उनले नेपालको हिमाली क्षेत्र जलवायु संकटको विस्फोटक केन्द्रजस्तो बन्दै गएको प्रति चिन्ता व्यक्त गरे । उनले हिमताल फुटेर आउने बाढी, नदी थुनिएर जलप्रवाह बढ्ने अवस्था र हिमाली पर्यावरणको जोखिम न्यूनीकरणका लागि अन्तर्देशीय सूचना प्रणाली र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए ।

उनले भने, ‘हिमाली पर्यावरणको व्यवस्थापन र जोखिम न्यूनिकरण गर्न अन्तरदेशीय सूचना प्रणालीको विकास गर्न र अन्तरराष्ट्रिय सहकार्य र समझदारी तिव्र पार्नुपर्ने आजको आवश्यकता बनेको छ । गत वर्ष काठमाडौंको मुटुमै चार घण्टासम्म उद्धार नपाएर केही नागरिकले ज्यान गुमउनुपर्ने अवस्था थियो । यो वर्षपनि औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । त्यसकारण विगतका घटनाहरुबाट पाठ सिक्दै विपद् प्रतिकार्यमा जुट्न म सरकारसँग आग्रह गर्न चाहान्छु ।’

विपद् व्यवस्थापनका लागि सामूहिक प्रतिवद्धताको खाचो रहेको उनको भनाइ छ ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?