Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

विगतका घटनाबाट पाठ सिकेर विपद् प्रतिकार्यमा जुट्न सरकारलाई अध्यक्ष दाहालको आग्रह


काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका घटनाहरुबाट पाठ सिकेर मनसुनजन्य विपद् प्रतिकार्यका लागि तयारीमा जुट्न सरकारलाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो आग्रह गरेका हुन् । उनले विपद् व्यवस्थापनमा सामूहिक प्रयासको आवश्यकता रहेको पनि बताए । रसुवालगायत देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोले ठूलो जनधनको क्षति र्पुयाएको उल्लेख गर्दै उनले नेपालको हिमाली क्षेत्र जलवायु संकटको विस्फोटक केन्द्रजस्तो बन्दै गएको प्रति चिन्ता व्यक्त गरे । उनले हिमताल फुटेर आउने बाढी, नदी थुनिएर जलप्रवाह बढ्ने अवस्था र हिमाली पर्यावरणको जोखिम न्यूनीकरणका लागि अन्तर्देशीय सूचना प्रणाली र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए ।

उनले भने, ‘हिमाली पर्यावरणको व्यवस्थापन र जोखिम न्यूनिकरण गर्न अन्तरदेशीय सूचना प्रणालीको विकास गर्न र अन्तरराष्ट्रिय सहकार्य र समझदारी तिव्र पार्नुपर्ने आजको आवश्यकता बनेको छ । गत वर्ष काठमाडौंको मुटुमै चार घण्टासम्म उद्धार नपाएर केही नागरिकले ज्यान गुमउनुपर्ने अवस्था थियो । यो वर्षपनि औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । त्यसकारण विगतका घटनाहरुबाट पाठ सिक्दै विपद् प्रतिकार्यमा जुट्न म सरकारसँग आग्रह गर्न चाहान्छु ।’

विपद् व्यवस्थापनका लागि सामूहिक प्रतिवद्धताको खाचो रहेको उनको भनाइ छ ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?