Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

रास्वपा प्रतिगामी र गैर प्रजातान्त्रिक पार्टी होः काँग्रेस सांसद बजगाईं


काठमाडौँ। नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिगामी र गैर प्रजातान्त्रिक भएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले काँग्रेसमाथि रास्वपाले हरेक पटक आक्रमण गरिरहेको भन्दै रास्वपा सभापति रवि लामिछानेकै कारण चालकको रहष्यमयी मृत्यु र पत्रकार शालिग्राम पुडासैनीले दुरुत्साहनमा मर्नु परेको बताए । प्राकृतिक विपत्तिका बेलामा राष्ट्र एकजुट हुनुपर्ने सम्मानित अदालतको आदेश अवज्ञा गर्दै हस्ताक्षरहरुले प्रेस स्वतन्त्रताको विरुद्धमा बोलेको बताए । रास्वपामा जो बोल्छ त्यसको हालत ढाकाराम र मुकुलको जस्तो हुने टिप्पणी गरे । रास्वपा प्रचारबाजीले भरिएको पार्टी हो, फोकाहरुको पार्टी हो भन्न नपरोस् भन्दै चेतावनी दिए ।

सांसद बजगाईंले भने, यो संसदमा कुरुपहरुले हर्कत देखाउन खोजेका छन् । तपाईंहरुले हर आक्रमण प्रयास गर्न खोज्नुभएको छ । मुलतः काँग्रेसमाथि । यसका कारण पनि तपाईंहरु प्रतिगामी र गैर प्रजातान्त्रिक हो । घरमा चालक शम्भू वीरबहादुर थापाको रहष्यमय मृत्यु भयो । शालिग्राम पुडासैनीले दुरुत्साहनमा मर्नु पर्यो । यि घटनाहरु निरुपण भयो भन्न सकिँदैन । प्राकृतिक विपत्तिका बेलामा राष्ट्र एकजुट हुनुपर्ने सम्मानित अदालतको आदेश अवज्ञा गर्दै हस्ताक्षरहरुले संसदमा के बोल्नुभयो भने संसदमा पनि सारा पत्रकारहरु, सारा छापाहरु विरुद्धमा उहाँको विरुद्धमा एउटा स्टेटमेण्ट जारी गर्नुभयो । प्रेस स्वतन्त्रताको विरुद्धमा तपाईंहरुले विज्ञप्ती जारी गर्नुभएको छ । जो बोल्छ उसको हालत ढाकाराम र मुकुल जस्तो भइदिन्छ । अनि तपाईंहरु हामीलाई लोकतन्त्र र कानूनी शासन सिकाउने ? रास्वपा प्रचारबाजीले भरिएको पार्टी हो भन्न नपरोस् । तपाईंहरु फोकाहरु हो भन्न नपरोस् । ऐतिहासिक योगदानमाथि धब्बा लगाउने प्रयास नगर्नुहोस् । पहिला तपाईंले आफ्ना दागहरु सफा गर्नुहोस् ।’

सांसद बजगाईंले पलिहा आफूमाथि लागेका दागहरु सफा गर्न रास्वपालाई आग्रह गरे ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?