Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

जनपक्षीय शिक्षा ऐनको मागसहित अखिल क्रान्तिकारीको प्रदर्शन, प्रहरीद्वारा हस्तक्षेप


काठमाडौँ। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले माईतीघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

जनपक्षीय शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले अखिल क्रान्तिकारीले सोमवार विहान माइतीघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । आन्दोलनरत विद्यार्थीलाई पक्राउ गर्न थालेपछि विद्यार्थी–प्रहरीबीच तनाव बढेको हो । प्रहरीले केहीलाई नियन्त्रण समेत लिएको छ ।

माइतीघर–नयाँ बानेश्वर सडकमा प्रदर्शन गर्ने अखिल क्रान्तीकारीको योजना भएपनि माइतीघर क्षेत्रबाटै नियन्त्रणमा लिन शुरु गरेपछि अन्यले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् । विद्यालय पोशाकमै विद्यार्थीलाई आन्दोलनमा सहभागी गराइएपछि प्रहरीले हस्तक्षेप गरेको हो ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?