Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

रास्वपा सांसद चौधरीको प्रश्नः मानव तस्कर र भ्रष्टाचारीलाई संरक्षण गर्ने अधिकार प्रधानमन्त्रीलाई कसले दियो ?


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी पार्टीका सांसद अशोककुमार चौधरीले सत्ता संरचना मानव तस्करी र भ्रष्टाचारमा संलग्नहरुलाई उन्मुक्ति दिने रक्षा कवच भएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो आरोप लगाएका हुन् । उनले स्पेन प्रकरणले भिजिट भिसाको अपराध कति गहिरो र योजनावद्ध छ भन्ने कुराको पुष्टि भएको बताए । उनले भ्रष्टाचार र मानव तस्करीको आकार बढ्दै गएको उल्लेख गर्दै सरकारी संयन्त्रको साँठगाँठबिना सम्भव नरहेको टिप्पणी गरे । उनले सरकारको संरक्षणमा भ्रष्टाचार भइरहेको कुरा कास्की मालपोत कार्यालय र भूमि आयोगसम्बन्धीको अडियोले पुष्टि गरिसकेको बताए । उनले निर्दोष जनतालाई जेल भ्रष्ट मन्त्रीलाई कुर्सी यो अन्याय होइन र सभामुख महोदय ? भन्दै प्रश्न पनि गरे । उनले संघीय मामिलामन्त्री राजकुमार गुप्ता, भूमिमन्त्री बलराम अधिकारी रगृहमन्त्री रमेश लेखकमाथि आवश्यक अनुसन्धान गरी कारबाही गर्न समेत माग गरे ।

उनले भने, ‘के सत्ता संरचना मानव तस्करी र भ्रष्टाचारमा संलग्नहरुलाई उन्मुक्ति दिने रक्षा कवच हो ? वा सिर्जित समस्या हो ? यो प्रश्न अब जनताले सोध्न थालेका छन् । मानव तस्करीविरुद्ध हामीले यस सदनमा विगत ४७ दिनदेखि आवाज उठाउँदै आएका छौं । यो विषय अब सडकमा छ, नागरिक समाजमा छ । र स्पेनको सोभियामा भएको पछिल्लो घटनाले अझ यो अपराध कति गहिरो र योजनावद्ध छ भन्ने प्रमाणित गरिरहे्को छ । भ्रष्टाचार र मानव तस्करी यति ठुलो आकारमा सरकारी संयन्त्रको साँठगाँठबिना सम्भव हुदैन सभामुख महोदय । यसलाई कास्की मालपोत कार्यालय र भूमि आयोगबीचको घुस डिलले पनि प्रमाणित गर्छ । यस्ता गम्भिर आरोपबीच कर्तव्यच्यूत भएर पदमा बसिरहनु नैतिकताको पनि अपमान हो । निर्दोष जनतालाई जेल भ्रष्ट मन्त्रीलाई कुर्सी यो अन्याय होइन र सभामुख महोदय ? घुस डिल र मानव तस्करलाई संरक्षण गर्ने अधिकार प्रधानमन्त्रीलाई कसले दियो ? सदनले यसको जवाफ मागिरहेको छ । संघीय मामिलामन्त्री, भूमिमन्त्री र गृहमन्त्रीमाथि लागेको आरोपको किन छानविन गरिएको छैन ? यदी उनीहरु संविधानमाथि छैनन् भने तुरुन्तै कारबाही गरियोस् ।’

उनले घुस डिल र मानव तस्करदलाई संरक्षण गर्ने अधिकार कसले दियो भन्दै प्रश्न गरे ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?