Trending
>>   कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख >>   विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल >>   चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी >>   उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान होइनः उर्जामन्त्री खड्का >>   आज २०८१ साल पौष ४ गते बिहिबार,हेर्नुहोस आजको राशिफल >>   न्याय परिषद्लाई गतिशिल बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरुको अन्त्य हुन्छः प्रधानन्यायाधीश राउत >>   उत्पीडित वर्गलाई समान हक नदिइ देश अघि बढ्न सक्दैनः सभापति देउवा >>   जातपातरुपी ऐंजेरुलाई फेदैमा लुछेर फाल्नुपर्छः प्रधानमन्त्री >>   वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्ने संस्था श्रम मन्त्रालय मातहत राख्नुपर्छः मन्त्री भण्डारी >>   चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
Logo
४ पुष २०८१, बिहीबार
४ पुष २०८१, बिहीबार

मुख्य समाचार


भ्रष्टाचारको मुद्दामा पाँच वर्षभित्रै कारबाही हुनेगरी बनाइएको विधेयक पास गर्न दिइएनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको उजुरी परेको पाँच वर्षभित्र कारबाही हुनुपर्ने गरी विधेयक पास गर्न नदिइएको बताएका छन्  । आईतवार वसन्तपुरमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूहरुले भ्रष्टाचारको मुद्दामा  पाँच वर्षभित्र कारबाही गरिसक्नुपर्ने आवाज उठाइए पनि ऐन पास गर्न नदिइएको बताएका हुन्  । उनले  भ्रष्टाचारको

संस्कृतिको जगेर्ना फुटेर होइन, जुटेर गरौँः उपप्रमुख डंगोल

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले संस्कृतिको जगेर्ना गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएकि छिन्  । आईतवार वसन्तपुरमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले  यस्तो बताएकि हुन् । उनले  देशलाई आर्थिक रुपमा सम्पन्न बनाउन र देशको संस्कृतिको जगेर्ना गर्न फुटेर नभइ सबै जुटेर अघि बढ्नुपर्ने बताईन्  ।

संघीयतालाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुन्छः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुने बताएका छन्  । आईतवार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले  यस्तो बताएका हुन् । उनले संविधान संशोधनको विषयमा दुई राजनीतिक दलहरुले प्रारम्भिक छलफल शुरु गरिसकेको बताए । उनले  संविधान संशोधन दुई वटा राजनीतिक

प्रकृति भूमिको पूजा गर्दै उधौली मनाइँदै

काठमाडौँ । भाले बास्यो पर्वतैमा, पोथी ना बास्यो गाउँमा । यति जना भेला ना भयौँ, साकेन्वाको नाउँमा ।। गैरी गाउँको ढोडे ना उखु, भाँचौँ ना भाँचौँ लाग्छ । ढोल झ्याम्टाको सुरैमा सुन्दा, नाचौँ ना नाचौँ लाग्छ ।। धरानका साकेला थानहरुमा आज यी र यस्तै गीत गाउँदै ताल मिलाएर नाच्नेहरुको लस्करै

विद्युतीय सवारीसाधन आजको आवश्यकताः भौतिकमन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विद्युतीय सवारीसाधन आजको आवश्यकता र माग भएको बताएका छन्  । आईतवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले  यस्तो बताएका हुन् ।  उनले  विद्युतीय सवारी साधनको जोडमा मन्त्रालय लागिपरेको उल्लेख गरे  । उनले  विद्युतीय सवारीसाधन मात्रै पूरा समाधान नभएको पनि उल्लेख गरे  ।

नेपाल स्काउटसँग खड्का ल्याण्ड डेभलपमेण्टको विवाद कानूनी रुपले मसँग जोडिएको छैनः ऊर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल स्काउटसँग खड्का ल्याण्ड डेभलपमेण्टको विवाद कानूनी हिसावले आफूसँग नजोडिएको बताएका छन्  । नेपाल स्काउट र मन्त्री खड्काको कम्पनी खड्का ल्याण्ड डेभलपमेण्ट बीचको विवाद यति बेला उत्कर्षमा छ । मन्त्री खड्काको कम्पनीले नेपाल स्काउटको लैनचौरस्थित ३ रोपनी जग्गा र दुई वटा भवन

सरकारले रविमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको छैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले रवि लामिछानेलाइ अनुसन्धानको क्रममा सरकारले प्रतिशोधको व्यवहार नगरेको दाबी गरेका छन् । आइतबार चितवनमा पत्रकारले सोधेको प्रश्नको जवाफमा गृहमन्त्रि रमेश लेखकले लामिछानेमाथि अनुसन्धान कानुन बमाजिम भएको र स्वैच्छाचारी ढंगले नभएको मन्त्री लेखकले दाबी गरे । सरकार प्रत्येक व्यक्तिको मानव अधिकारप्रति प्रतिबद्ध रहेको दाबी गर्दै लेखकले

नेपाली काँग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी होः उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी भएको बताएका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले  यस्तो बताएका हुन् ।  उनले नेपाली काँग्रेस नेपालमा इतिहास बोकेको पार्टी भएको बताए ।उनले  इतिहास बोकेको पार्टीको महत्वको बारेमा ख्याल राखेर अघि बढ्न पार्टीका

एमाले देश बनाउन बनेको पार्टी होः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले राजनीति गर्न नभइ देश बनाउनका बनेको बताएका छन्  । आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा स्थानीय तहमा पार्टी कामका समस्या र समाधान राष्ट्रिय कार्यशालामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्  । उनले एमाले जन्मैदेखि एउटा महान उद्देश्य काँधमा बोकेर जन्भिएको पार्टी भएको उल्लेख गरे 

मौलिक संस्कृतिले राष्ट्रिय एकतालाई सुदृढ बनाउने

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विभिन्न जातजाति, समुदायका मौलिक संस्कृति एवं परम्पराले एकापसमा सामाजिक सद्भाव अभिवृद्धि गरी राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन्  । धान्यपूर्णिमा, उँधौली पर्व, यमरीपुन्ही एवं ज्यापु दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा अध्यक्ष नेपालले मौलिक विशेषता भएका फरक सांस्कृतिक

सम्वन्धित समाचारहरु