Trending
>>   आज मिति २०८१ साल चैत्र २३ गते शनिबार ,हेर्नुहोस् आजको राशिफल >>   जाजरकाेट केन्द्रविन्दु भई ५.५ म्याग्निच्युडको भूकम्प >>   रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश >>   लोपोन्मुख राउटे समुदायका बालबालिकाको शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन गर्न माग >>   सशस्त्र विद्रोह घोषणा गरेर व्यवस्था परिवर्तन गर्न राजावादीहरुलाई सांसदहरुको चुनौति >>   प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता >>   सरकारले बोलाएको वार्तामा शिक्षकहरु सहभागी भएनन्ः सरकारद्वारा वार्ताका लागि पुनः आह्वान >>   प्रहरी संगठनहरुलाई साधन श्रोत सम्पन्न बनाऔंः सशस्त्र प्रहरी महानिरीक्षक अर्याल >>   प्रदर्शनकारीहरुले सिंहदरबार, संसद र एयरपोर्ट कब्जा गर्ने भनेपछि बल प्रयोग गरेका हौंः प्रहरी प्रमुख थापा >>   जनतामा निहित शासन व्यवस्था खोस्ने प्रयत्न सफल हुन दिन्नौंः गृहमन्त्री लेखक
Logo
२३ चैत्र २०८१, शनिबार
२३ चैत्र २०८१, शनिबार

पालिका अपडेट


एमालेले कामनपाको जरिबाना पत्र बुझेन, बालेनले स्टन्टबाजी गरेको आरोप

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाले पठाएको जरिबानासहतिको पत्र बुझ्न अस्वीकार गरेको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासल पुगेको महानगरपालिकाको टोलीलाई नेकपा एमाले केन्द्रिय कार्यालयले आफूहरु आयोजक नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको हो । शुक्रवार दरबारमार्गमा भएको जागरण सभाको आयोजक नेकपा एमाले जिल्ला काठमाडौं, नेकपा एमाले जिल्ला

बालेनको आरोप : देश त मारवाडी सेवा समिति जस्ता संस्थाले पो चलाएका रहेछन्

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पशुपति क्षेत्र विकास कोषले महानगरलाई पशुपति धर्मशालाको जिम्मेवारी दिए पनि प्रहरी भने मारवाडी सेवा समितिलाई नै संरक्षण गर्न लागिपरेको आरोप लगाएका छन् । उनले फेसबुकमा लेखेका छन्,‘नाजायज सम्बन्धबाट सम्झौता गरी गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समितिले ९ रोपनी ९ आना २ पैसा जग्गा

सांस्कृतिक कार्यक्रमहरुमा राजनीतिक गन्ध आउनु हुँदैनः उपप्रमुख डंगोल

काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सांस्कृतिक कार्यक्रमहरुमा राजनीतिक गन्ध आउनु नहुने बताएकी छिन्  । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले  सांस्कृतिक कार्यक्रमहरुमा कुसंस्कारका पक्षहरुको गन्ध आउन नहुने पनि उल्लेख गरेकी छिन । उनले सांस्कृतिक कार्यक्रममा कुसंस्कार र राजनीतिका गन्ध आउन नदिन सबै जना एकजुट हुन आवश्यक रहेको बताइन् ।

बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्दै काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ । काठमाडौँ उपत्यकाबाट उक्त स्थानमा पुर्याइएको कुहिने फोहरलाई थप व्यवस्थापन गर्न र बञ्चरेडाँडाको आयु बढाउनका लागि कामपाले यस किसिमको काम गर्न लागेको महानगरको वातावरण विभागले जानकारी दिएको छ । महानगर वातावरण विभागका प्रमुख

भरतपुर महानगरकाे बजेट ६ अर्ब ५५ करोड

चितवन । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट पेश गरेको छ । सोमबार महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले चालु आर्थिक वर्षको भन्दा २४ करोड ६ लाख ८ हजार रुपैयाँ बढी ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार

नगरसभाको वैठकमा झडप !

काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभाको वैठकमा झडप भएको छ । नीति तथा कार्यक्रम र बजेट ल्याउन बोलाइएको वैठकमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले अवरोध गर्न खोजेपछि झडप भएको हो ।

शंकरापुरमा मेयर नापितकाे स्वेचछाचारीताः नगरसभा पूर्वनै माइन्युटमा जबरजस्ती हस्ताक्षर गराउन खोजेपछि विवाद !

काठमाडौं । शंकरापुर नगरपालिकामा राप्रपाबाट निर्वाचित मेयर रमेश नापित स्वेचछाचारी ढँगले अघि बढ्न खोजेका छन् । नगरसभा पूर्वनै नगरसभाको निर्णय अनुमोदन माइन्युट तयार गरी नगरसभामा छलफल नै नगरी तयार पारिएको माइन्युटमा जबरजस्ती हस्ताक्षर गरेर मात्र नगर सभाको हलभित्र प्रवेश गराउन खोजेपछि विवाद भएको छ । मेयर नापितले उपमेयर सहित बहुसँख्यक

असहाय उपचारका लागि ५२ अस्पतालमा तीन सय ७४ शय्या तयार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्नका लागि तय गरेको प्रणालीमा ५२ अस्पतालका तीन सय ७४ शय्या सुनिश्चित भएको छ । कामपाले रहेको निजी अस्पतालले विपन्न, बेवारिसे र असहाय बिरामीका लागि १० प्रतिशत शय्या अनिवार्य एवं निःशुल्क रूपमा उपलब्ध गराउनुपर्ने प्रावधानअनुसार अस्पतालले उक्त शय्या विपन्न र

काठमाडौँ महानगर मेयर कप फुटबलको विजेता

काठमाडौँ । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ महानगरपालिका विजेता भएको छ । गोदावरी नगरपालिका वडा नं. १० टाहाखेल वहुउद्देश्यीय रङ्गशालामा आज चन्द्रागिरी नगरपालिकाको टीमसँग भएको फाइनल खेलमा २-१ अन्तरले महानगरपालिका विजेता भएको हो । यससँगै महानगरपालिकाले नगद ५ लाख रुपैयाँसँगै ट्रफी प्राप्त गरेको छ

महानगरबासीको आत्मसम्मान हुन्छ,त्यसमा कसैले सम्झौता गर्न पाइँदैन !

-बालेन शाह,मेयर,काठमाडौँ महानगरपालिका फोहोरको गाडी चलाउने चालकलाई स-सम्मान छोडेको खबर पाए । जो कोहीले यत्ति बुझ्नुहोला - पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । काठमाण्डौ महानगर यसमा संवेदनशील छ । अझ

सम्वन्धित समाचारहरु