Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

ललितपुर महानगर जे बोल्छ, त्यो पूरा गर्छः चिरिबाबु महर्जन


काठमाडौँ। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो नगरपालिकाले सबै नगरपालिकाहरु भन्दा राम्रो काम गरेको दावी गरेका छन् ।

२२ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ को अवसरमा शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मेयर महर्जनले आफूले बोलेका सबै कुरा पूरा गरेको दाबी गरेका छन् । आफूले बोलेका सबै कुराहरु पूरा हुने गरी काम गरेको उनको जिकिर थियो । मेयर महर्जनले राम्रो काम गरेका कारण नै आफ्नो महानगरपालिकाले वर्ष २/३ वटा भन्दा बढी राष्ट्रिय स्तरको पुरस्कार पाउने गरेको समेत उल्लेख गरेका छन् । उनले सबै भन्दा राम्रो काम गरेको भनेर पहिचान दिलाउने काममा मातहतका निकायको महत्वपूर्ण भुमिका रहेको भन्दै आभार समेत व्यक्त गरेका छन् ।

मेयर महर्जनले भने, ‘हामीले गरेका कामको स्तरको निर्धारण हामी आफैँले गरेको होइन । तर आम नेपाली दाजुभाई दिदीबहिनीहरु चाहे त्यो पूर्वमेचीको किन नहोस्, चाहे त्यो पश्चिम महाकाली किन नहोस् । ललितपुर महानगरपालिका भन्नसाथ साह्र्रै राम्रो काम गर्ने पालिका हो भनेर सबका सब चिनिन्छ । अब यसमा स्वास्थ्य क्षेत्रमा काम गरेको कामको निमित्त म तपाईहरुलाई क्रेडिट दिन चाहन्छु । हामी चुनावमा जितेर आएका व्यक्तिहरु स्वास्थ्य क्षेत्रमा हाम्रो विज्ञता छैन । तपाईले जे भन्नुहुन्छ, जे सुझाव दिनुहुन्छ । ती सुझावहरु हामीले ग्रहण गर्छौ । कार्यान्वयन गर्छौ । तसर्थ तपाईहरुले दिनुभएको सुझाव, तपाईहरुले गर्नु भएको कन्ट्रिव्युशन, तपाईहरुको जुन एक किसिमको लगनशीलता छ । त्यसको नतिजा हो यो । हामी ललितपुर महानगरपालिकाले प्रत्येक वर्ष २/३ वटा राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गर्दै आईरहेका छौँ । अस्तीको दिनमा मात्रै संघीय सरकारले अपांगताको क्षेत्रमा सबै नगरपालिका भन्दा राम्रो काम गरेको भन्दै हामीलाई पुरस्कृत गरेको छ । यो पुरस्कारहरु पाउनु भनेको पनि टिम वर्कको परिणाम हो । हामी जसरी सफलीभुत भईरहेका छौ । यसका लागि पनि यहाँहरुलाई हार्दिक हार्दिक धन्यवाद गर्न चाहेँ । हामी जे बोल्छौ, त्यो पूरा गर्छौँ ।’

मेयर महर्जनले टिम वर्कमा काम गरेको हुनाले ललितपुर महानगरपालिकाले एक पछि अर्को सफलता हासिल गर्दै गएको पनि बताएका छन् ।


प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?