Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२० मंसिर २०८२, शनिबार
२० मंसिर २०८२, शनिबार

विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन


ललितपुर। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संकटमा पनि आफ्नो महानगरपालिकाले पूरा गर्नुपर्ने दायित्वबाट पछि नहटेको बताएका छन् ।

शनिवार महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन ब्लक बीको उद्घाटन समारोहमा बोल्दै मेयर महर्जनले जेन–जी आन्दोलनको बेला पनि आगलागी लगायतका विपद व्यवस्थापनको काममा आफूहरुले ठूलो सफलता हात पारेको बताएका छन् । उनले विपद् व्यवस्थाका लागि आफूहरुले आवश्यक सबै अवयवहरुको व्यवस्थापन एउटै छानामुनि गरेको र त्यसलाई अझ प्रभावकारी बनाउनका लागि छिट्टै थप २ वटा एम्बुलेन्स व्यवस्था गर्न लागिएको जानकारी समेत दिएका छन् । विपद व्यवस्थापनका लागि आफूहरुले दमकल निस्केपछि एम्बुलेन्स पनि सँगै लैजाने व्यवस्था गरिएको पनि मेयर महर्जनले बताएका छन् ।

उनले भने, ‘ललितपुर महानगरपालिकाले डिआरआर एउटै छानमुनि यसको व्यवस्थापन गरेका छौँ । दमकल, एम्बुलेन्स, शवबाहन, नगर प्रहरी र यसलाई चाहिने सबै कुराहरुको व्यवस्थापन त्यहाँ भित्र भएको छ । र, एक चुटकी बज्ने वित्तिकै नगरप्रहरीहरु गईहाल्छन । दमकल पुग्छ । हामीले एउटा नयाँ अभ्यास पनि गरेका छौँ । दमकल निस्केपछि एम्बुलेन्सले फलो गर्नैपर्छ । सोही सिष्टम हामीले राम्रोसँग चलाएका छौँ । यो भनेको हाम्रो पुल्चोकमा रहेको जुद्ध बारुण यन्त्रबाट हामीले डिआरआर । विपदका सबै अवयवहरुलाई त्यहाँ राखेर हामीले सेवा प्रवाह गरेका छौँ । यसको राम्रो नतिजा भनेको अस्तीको आन्दोलनमा पनि उहाँहरुले सुन्नुभएको होला । महानगरपालिकाले गर्नुपर्ने काममा हामी किञ्चित पनि, कुनैपनि अवस्थामा हामी ब्याक भएका छैनौ । यसलाई अझै सृृदृढिकरण गर्दै लैजाने हाम्रो इच्छा छ । यसलाई अझ व्यवस्थित बनाउन हामी निकट भविष्यमै दुई वटा दमकल थप्न गईरहेका छौँ ।’

मेयर महर्जनले ललितपुरको नगर क्षेत्रलाई स्मार्ट सिटी बनाउने कामलाई आफूहरुले तिब्रताका साथ अघि बढाएको समेत बताएका छन् ।


प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?