Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२० मंसिर २०८२, शनिबार
२० मंसिर २०८२, शनिबार

महानगरभित्रका २ हजार ८३ सामुदायिक कुकुरको वन्ध्याकरण


काठमाडौँ। कार्तिक १४ गतेदेखि काठमाडौं महानगरपालिकाले २ हजार ८३ वटा सामुदायिक कुकुरको वन्ध्याकरण गरेको जनाएको छ ।

पशुकल्याणमा काम गर्ने विभिन्न ५ वटा संघसंस्थासँगको सहकार्यमा वन्ध्याकरणको काम भइरहेको हो । कृषि तथा पशुपंक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेकाअनुसार बन्ध्याकरण प्रक्रियाको महानगरपालिकाले अनुगमन गर्ने गरेको छ । ‘यस क्रममा अहिलेसम्म पशु पक्रने, बन्ध्याकरण गर्ने, त्यसपछि आराम गराउने र पूर्ववत स्थानमा पुनःस्थापित गराउने प्रक्रियामा पशु कल्याणलाई ध्यान दिइएको पाएका छौँ ।’ न्यौपानेले भन्नुभयो, ‘प्रक्रियामा पशुहरुलाई कुनै पनि प्रकारको पीडा हुँदैन । कुकुरलाई वन्ध्याकरण गरिसकेपछि २४ घण्टा निगरानीमा राख्ने गरिएको छ ।’

अपरेसनपछि समुदायमा पुनःस्थापना गरिएको एउटा कुकुरको गाडीको ठक्करबाट मृत्यु भएको छ । कृषि तथा पशुपंक्षी विभागका पशु चिकित्सक डा. पूजा खनालकाअनुसार काठमाडौं पशु उपचार केन्द्र (क्याट सेन्टर) ले वडा नं. १६ मा ५६४ वटा र वडा नं. १५ मा ७८ वटा, एनिमल ट्रिटमेन्ट सेन्टर क्लिनिक (क्याट क्लिनिक) ले वडा नं. ११ मा ७४ वटा र वडा नं. २८ मा १० वटा, मण्डला भेटिरिनरी अस्पतालले वडा न. ६ मा १७८ वटा, वडा नं. १० मा १५८ र वडा नं. ३२ मा ३४४ वटा कुकुरको बन्ध्याकरण गरेको छ ।

स्नेहाज केयरले वडा नं. १२ मा ६२ वटा, वडा नं. १३ मा १०१ वटा र वडा नं. १४ मा १५६ वटा तथा पशुपंक्षीप्रति निर्दयता रोकावट समाज, नेपाल (एसपिसिए नेपाल) ले वडा नं १ मा ६२ वटा, वडा नं. ३ मा १३६ वटा र वडा नं. ४ मा १६० वटा गरी २ हजार ८३ कुकुरको वन्ध्याकरण गरिसकेका छन् ।

सामुदायिक कुकुरको वन्ध्याकरणका लागि छनोट भएका संघसंस्थालाई मिति २०८२ कार्तिक १३ गते सम्झौता गरी कार्तिक १४ गतेबाट नै कार्य गर्न महानगरले कार्यादेश दिएको हो ।


प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?