Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

कामनपाका जनप्रतिनिधि र कर्मचारीको पोषण र जीवनशैली सर्वेक्षण शुरु


काठमाडौं। काठमाडौं महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरुको पोषण अवस्था, आहार व्यवहार र जीवनशैली सम्बन्धी सर्वेक्षण शुरु गरेको छ ।

महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले मंसिर १६ गतेदेखि काठमाडौं प्लाजाको दक्षिणतर्फको भवनको माथिल्लो तलामा यो कार्यक्रम चलाएको हो । मंसिर १६ गतेबाट शुरु गरिएको कार्यक्रम २६ गतेसम्म सञ्चालन हुनेछ । यसमा २१ गतेसम्म कर्मचारी, २२ गते कर्मचारी र जनप्रतिनिधि तथा २३, २४ र २५ गते जनप्रतिनिधिका लागि समय विभाजन गरिएको छ । २६ गते छुटेका सबैलाई सहभागी गराउने कार्यक्रम रहेको विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिनुभयो । सहरी जीवन क्रमशः निष्क्रिय बन्दै गएको, यसैकारण मुटु, मधुमेह, क्यान्सर, श्वाशप्रश्वाससहित दीर्घ रोगको जोखिम उच्च रहेकोले यसबाट बच्ने उपाय खोजी गर्न सर्वेक्षण गरिएको न्यौपानेको भनाइ छ । सर्वेक्षणबाट प्राप्त हुने नतिजाले कार्यस्थलमा स्वास्थ्य प्रवर्धनको नीतिगत शिफारिसका लागि तथ्य प्रदान गर्ने अपेक्षा गरिएको छ । सर्वेक्षणमा उचाइका आधारमा तौल (वीएमआइ बडी मास इन्डेक्स) मापन, उमेर र लिङ्गका आधारमा बीआइए (वायोइलेक्ट्रिकल इम्पेन्डेन्स एनलाइसिस) गरेर बडी फ्याट, भीसेरल फ्याट इन्डेक्स, फ्याट फ्री मास, टोटल बडी वाटरको प्रोफाइल तयार पारिन्छ । यसरी तयार पारिने प्रोफाइलमा कामको प्रकृति अनुसारको मोटोपना, रक्तअल्पता र जीवनशैलीका सूचक पनि समावेश हुन्छन् । सर्वेक्षणमा जीवनशैली र आचरणअन्तर्गत शारीरिक व्यायाम, कामको तनाव, धुमपान तथा मद्यपानको आदत, सुत्ने समय, डिजिटल ग्याजेटहरुमा विताउने समय, कार्य स्थलको वातावरण सम्बन्धी विवरण संकलन हुनेछ । मधुमेह, हेमोग्वोविन परीक्षणबाट रक्तअल्पता जाँच गरिन्छ । खानाको रुचिका आधारमा आहार मूल्याङ्कन र खाद्य समूहको अभिलेखन गरिन्छ ।

सर्वेक्षणमा सहभागी भर्टेक्स फुड्सका अनुसन्धान व्यवस्थापक प्रतीक निरौलाका अनुसार स्थानीय स्तरमा उत्पादन भएका खानेकुरामा प्राकृतिक तत्वहरु धेरै पाइन्छ । जसकारण स्वास्थ्यका लागि बढी लाभदायक हुन्छन् । यस्ता खानेकुराको मूल्य तुलनात्मक रुपमा सस्तो हुन्छ । आफ्नो स्वादअनुसार खानेकुरा तयार पारेर खाने हो भने स्वास्थ्यका लागि राम्रो हुन्छ । महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिका लागि गरिने यो परीक्षण क्रमशः नागरिक समक्ष पु¥याएर खाद्य आचरण र जीवनशैली सुधारका लागि काम गर्ने महानगरपालिकाले योजना बनाएको छ ।


प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?