Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

राजनिति


प्रतिनिधि सभामा प्रतिपक्षको सिटमा बस्यो एमाले

काठमाडौँ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले) प्रतिपक्षीको सिटमा बसेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेले आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षीको सिटमा बसेको छ। एमाले र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। एमाले र जसपा आइतबारदेखि प्रतिनिधि सभामा प्रतिपक्षमा

विपद् व्यवस्थापनमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपद्बाट पीडित नागरिकको उद्धार तथा उनीहरूलाई राहत सामग्री वितरणमा सक्रिय हुन निर्देशन दिनुभएको छ । आज एक वक्तव्य जारी गर्दै उनले बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले बाढी पहिरोबाट हुनसक्ने क्षति र जोखिम कम

एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको छ । पार्टीको बाँकी पदाधिकारी व्यवस्थापन गर्न कार्यविधि तथा मापदण्ड बनाएर कमिटीलाई पूर्णता दिने, पदाधिकारी चयनलगायत विषयमा निर्णय गरिने पार्टीका नेता सोमप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

पहिरोको जोखिम भएका परिवारलाई सुरक्षित स्थानान्तरण गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्रालयमा भएको आपत्कालीन बैठकमा उनले विपद्का घटनालाई तुरुन्त सम्बोधन गर्न र सतर्कताका राज्यको जिम्मेवारी पूरा गर्न सम्बन्धित उच्चाधिकारी र सुरक्षा निकायका प्रमुखलाई निर्देशन

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । बैठकमा प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको विनियोजन विधेयक, २०८१ का

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बिहान १० बजे संसद भवनमा बस्दै छ । आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्न लागेकाले नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

प्रचण्ड-शेखर भेटवार्ताः संकेत के?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। नेता कोइरालाले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन्। प्रधानमन्त्रीले बोलाएपछि आफू बालुवाटार गएको नेता कोइरालाले बताए।

महाधिवेशनपछि नेकपा एसको पहिलो केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको बाँकी पदाधिकारी र केन्द्रीय कमिटी चयन, पार्टीको रणनीतिलगायत समसामियक बिषयमा छलफल हुनेछ।

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

बुटवल । अविरल वर्षाले सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्नी नजिकै पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको छ । पहिरोको कारण दुवै सडक खण्ड शनिवार बिहानैदेखि अवरुद्ध बनेको छ । सडक अवरुद्ध बनेपछि पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पातर्फ आउने सवारीसाधन बिच बाटोमै राखिएको छ । अवरुद्ध

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक बैठक दिउँसो ३ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्नेछ । बैठकमा कांग्रेस–एमालेबीच गत सोमबार नयाँ सत्ता समीकरणका विषयमा भएको सहमतिबारे सांसदहरूलाई जानकारी गराउने कार्यक्रम छ । सहमतिअनुसार पहिलो चरणमा केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र पछिल्लो सरकारको नेतृत्व कांग्रेसले गर्नेछ । यस्तै, प्रधानमन्त्री

सम्वन्धित समाचारहरु