Trending
>>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी >>   विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस्ः नेता सिटौला >>   कैद भुक्तानपछि दीपक मनाङे जेलमुक्त >>   काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच परिचयात्मक कार्यक्रम शुरु (तस्बिरसहित) >>   अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय भन्दा बढी इरानी सर्वसाधारणको मृत्यु >>   प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी >>   समाजमा कुष्ठरोगलाई हेर्ने दृष्टिकोण अझै नकरात्मकः कानूनमन्त्री सिन्हा >>   समानुपातिकतर्फको सिट बाँडफाँड कसरी हुन्छ ? यस्तो छ निर्वाचन आयोगले प्रयोग गर्ने ‘सेन्ट लग’ विधि >>   एनआरएनएको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता शुरु >>   जमानत जफत हुनेमा २,८९० उम्मेदवार , ३५० जनाले एक भोट पनि पाएनन्
Logo
२७ फाल्गुन २०८२, बुधबार
२७ फाल्गुन २०८२, बुधबार

कुल गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान महत्वपूर्णः कृषिमन्त्री अधिकारी


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले पशुपालन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा महत्वपूर्ण योगदान पु¥याएको बताएका छन् ।

शुक्रवार काठमाडौंमा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले पशुपालन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान पु¥याएको बताएका हुन् । उनले पशुपालन क्षेत्रले लाखौं नेपालीको जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेलेको भएपनि चुनौतिबाट टाढा रहन नसकेको बताए । उनले पशुपालन क्षेत्रले उपयुक्त पोषण, प्रजनन, पशु स्वास्थ्य, बजारीकरण र चर्को उत्पादन लागत लगायतका विविध चुनौतिहरुको सामना गरिरहेको उल्लेख गरे । बर्ड फ्लु, रेविज जस्ता जनावरबाट मानिसमा सर्ने रोगहरु जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतिहरुले जटिलता थप्दै गएको उनको भनाइ छ । उनले एफएओले नेपालको पशु स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउँदै एक स्वास्थ्यको अवधारणालाई प्रवद्र्धन गर्न सहयोग गरेको बताएका छन् ।

उनले भने , ‘पशुपालन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान पु¥याएको छ । यस क्षेत्रले लाखौं नेपालीहरुको विजिकोपार्जनमा महत्वपूर्ण भुमिका खेलेको छ । यद्यपि यस क्षेत्रले उपयुक्त पोषण प्रजनन, पशु स्वास्थ्य, बजारीकरण र चर्को उत्पादन लागत लगायतका विविध चुनौतिहरुको सामना गरिरहेको छ । त्यसका अतिरिक्त बर्ड फ्लु, रेविज जस्ता जनावरबाट मानिसमा सर्ने जुनैटिक रोगहरु जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतीहरुले जटिलता थपेका छन् । यस सन्दर्भमा एफएओ नेपाल हाम्रो महत्वपूर्ण साझेदार बनेको छ । यस संस्थाले विभिन्न कार्यक्रम र पहलहरुमार्फत नेपालको पशु स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउँदै एक स्वास्थ्यका अवधारणालाई प्रवद्र्धन गर्दै आएको छ । स्थापना कालमा यस संस्थाले नेपाल सरकारलाई बर्ड फ्लुको रोकथाम तथा नियन्त्रणमा पु¥याएको सहयोग स्मरणयोग्य छ । हाल युएसएडको सहयोगमा ग्लोवल हेल्थ सेक्युरिटी प्रोग्राम अन्तर्गत एफएओ नेपालले चुनौति रोगहरुको रोकथाम तथा नियन्त्रण र प्रतिरोधका विरुद्ध नेपाल सरकारका सहयोग पु¥याउँदै टेवा दिँदै आएको कुरा स्मरण गराउन चाहन्छु । यो सन्दर्भमा एफएओ नेपालको सहयोग र सराहनीय मात्र नभई अतुलनीय रहेको हामीले महशुस गरेका छौं । ’

पशुबाट मानिसमा सर्ने रोगहरुको चुनौतिको सामना गर्दै भविष्यका लागि एक दिगो र सक्षम पशु स्वास्थ्य प्रणाली आवश्यक रहेको बताए।


प्रकाशित मिति: १४ मंसिर २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?