Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र


काठमाडौँ। नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र पार्टी केन्द्रिय कार्यालयमा बुझाएका छन् ।

सोमवार अपरान्ह च्यासलस्थित पार्टीको केन्द्रिय कार्यालयमा आफू पक्षका नेताहरुसहित पुगेका उनले महासचिव शंकर पोखरेललाई अवधारणा पत्र बुझाएका छन् । पार्टीको निर्माण, सञ्चालन, सामूहिक नेतृत्व तथा पार्टी भित्रको नियन्त्रण र सन्तुलनको परिचालन, जनताको बहुदलीय जनवादबाट निर्देशित भएर कसरी चल्नुपर्छ ? भन्ने विषयमा केन्द्रित भएर आफूहरुले सो अवधारणा पत्र तयार पारेको वरिष्ठ उपाध्यक्ष पोखरेलले स्पष्ट पारेका छन् । उनले आफूहरुले सो अवधारणा पत्र महाधिवेशनमा व्यवस्थित रुपमा राख्ने समेत बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनका लागि प्रतिनिधि चयनमा केही ठाउँमा देखिएको समस्या समाधान भइसकेको समेत बताउँदै उनले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै सो अवधारणा पत्र बुझाउन अनुकुल नभएपछि पार्टी केन्द्रिय कार्यालयमा बुझाइएको बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, पार्टीको तर्फबाट प्रश्तुत हुने दस्तावेजहरुमा आवश्यक वस्तुहरु समेटिउन भन्ने उद्देश्यका साथ यो कुरा गरिएको हो । यो कुरा पार्टी अध्यक्षजीलाई जानकारी गराईसकिएको थियो । त्यहाँ जान त्यस्तै अनुकूल परेन । र यही केन्द्रिय कार्यायमा बुझाएको हो । प्रतिनिधि चयन विधिसम्मत ढंगले नै गरिएको हो । विधि विपरित भएको कतिपय ठाउँमा विवादित थिए । ती विवादित कुराहरुलाई फेरी संगठन विभागको तर्फबाट सच्याउने काम पनि गरिएको छ । अब त्यसमा केही तलमाथि २० को १९ भएको होला । तर त्यस्तो खास केही छैन । केही केही जिल्लामा प्रतिनिधि छनौट गर्ने शिलशिलामा अस्वस्त खालका गतिविधिहरु पनि देखिए, भए । र, त्यसलाई निरुपण गर्ने मामिलामा पनि अलि ठिक ढंगले भएन भन्ने कुरा पनि अध्यक्ष कमरेडलाई केही दिन अगाडि भेट्दा पनि राखेका हौ । अहिले चाहीँ हामीले खासगरी विचारका प्रसंगमा आउने दिनमा पार्टी निर्माण कसरी गर्नुपर्छ ? विधिसम्मत ढंगले कसरी चलाउनु पर्छ ? सामूहिक नेतृत्व प्रणालीलाई कसरी चलाउनु पर्छ ? नियन्त्रण र सन्तुलनको विषयलाई कसरी चलाउनु पर्छ ? र, पार्टी जनताको बहुदलीय जनवादबाट निर्देशित भएर कसरी चल्नुपर्छ ? यिनै विषयमा केन्द्रिय भएर हामीले राखेका छौ । पार्टीलाई के गरी फाईदा हुन्छ, त्यही गर्ने हो । हामी पुनव्र्यवस्थित हुन चाहन्छौ । पुनर्गठित हुन चाहन्छौ । त्यो विचारमा पुनर्गठन, संगठनमा पुनर्गठन, कार्य सम्पादन गर्ने शैलीमा पुनर्गठन । यदि पुनर्गठन राम्रो गरियो भने पार्टी थप प्रभावकारी ढंगले जान सक्छ । पुनर्गठनको काम ठिक ढंगले हुन सकेन भने पार्टी यथास्थितिमा र उल्टो दिशातर्फ जान सक्छ भन्ने हाम्रो राय हो । हामी चेपुवामा परेका होइनौँ । अब बहस छलफल हुँदाखेरी चेपुवामा परेको, नपरेको कुरा तपाईहरुलाई लाग्ला । तर हामी हाम्रो कुरा आफ्नो ठाउँमा व्यवस्थित रुपमा राख्छौँ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले आफूहरुले नेतृत्वमा पुनर्गठन चाहेको र त्यो नभए पार्टी गलत ढंगले अघि बढ्ने जिकिर समेत गरेका छन् ।


प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?