Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय


काठमाडौँ। सरकारले आ.व. २०८२/०८३ को लागि कृषकले उत्पादन गरेको उखुको न्युनतम खरिद भूल्य प्रतिक्विन्टल ६ सय २० निर्धारण गरेको छ ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताएका छन् । उनकाअनुसार उखुको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँ कायम गर्ने निर्णय भएको छ । २०८१ चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको क्रममा जलेर मृत्यु भएका पत्रकार स्व. सुरेश रजकलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको छ । २०८२ भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८२ स्वीकृत भएको छ ।

सरकारले इलाम, कास्की, चितवन, झापा, तेह्रथुम, नवलपरासी, बर्दघाट सुस्तापूर्व, नवलपरासी बर्दघाट सुस्तापश्चिम, पर्वत, मोरङ,सुनसरीका ९४ हजार ५ सय २७ गरिव परिवारको सूचि स्वीकृत गर्ने निर्णय गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ । सरकारले नेपाल प्रशासन सेवा समूहिकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सहसचिव राजेन्द्रकुमार पौडेललाई बढुवा गरेको छ ।

जेन–जी घाइतेहरुको शिक्षा, स्वास्थ्य तथा रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको प्रवक्ता खरेलले बताएका छन् ।


प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?