Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

नेपाललाई एमसिसि बोझ भयो, बीआरआईमा विवाद नगरौँः झलनाथ खनाल


काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) विवाद गर्नुपर्ने विषय नभएको बताएका छन् ।

शनिवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीन भ्रमणका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल र चीनका बीचमा बहुआयामिक क्षेत्रमा हाम्रा विकास र निर्माणका अनेकन सहयोगहरु गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । चीनबाट नेपालले ऋण लिनु नै नहुने भन्नेकुरा नहुने बताउदै उनले चीनले ऋण मात्रै दिनुपर्छ भन्नेहरुले चीनबाट अनुदान लिएर बनाइएका उद्योगधन्दाहरु कौडीको मूल्यमा बेचेको आरोप पनि लगाएका छन् । उनले चीनबाट लिने ऋण वा अनुदान लिँदा राष्ट्रिय हितलाई सर्वोपरी राख्नुपर्ने बताएका छन् । अमेरिकाबाट लिइएको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) परियोजना दुई वर्षमा १० अर्ब बढी ऋण नेपालले हाल्नुपरेको भन्दै नेपालका लागि एमसिसि ऋण भन्दा पनि ठूलो भएको बताए । उनले एमसिसि राष्ट्रका लागि बोझ भएको बताएका छन् ।

उनले भने, ‘नेपाल र चीनका बीचमा बहुआयामिक क्षेत्रमा हाम्रा विकास र निर्माणका अनेकन सहयोगहरु गर्नुपर्ने आवश्यकता छ । बढाउनुपर्ने आवश्यकताहरु छन् । ति कुराहरुमा केही न केही महत्वपूर्ण सम्झौताहरु यस पटक पनि होलान् । तर त्यसमध्ये बीआरआई जो बेल्ट एण्ड रोड इनिसिएटिभको रुपमा चीने अगाडि सारेको छ । यो बारेमा हाम्रो देशमा निकै समयदेखि एउटा विवाद जस्तो पनि भइरहेको छ । बीआरआई त्यो कुनै विवाद गर्नुपर्ने विषय नै होइन । बेल्ट एण्ड रोड संसारमा जति वटा बेल्टहरु छन्, त्यसमा रोडहरु पनि बनाऔँ भन्ने चीनको धारणा हो ।’

सम्मानित नेता खनालले आग्रह, पूर्वाग्रहबाट नभइ यथार्थ ढंगले सम्बन्धहरु बिस्तार गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाल र चीनको सम्बन्ध सुदृढ गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।


प्रकाशित मिति: १५ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?