काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले काठमाडौं उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसला पुनरावलोकन गर्नुपर्ने बताएका छन् । आईतवार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुको भेटमा मुख्य सचिव अर्यालले यस्तो बताएका हुन् । चाडपर्वको समयमा वस्तुको मूल्यवृद्धि र अभाव गराउने व्यवसायीहरुलाई सरकारले छुट नदिने बताए । उनले
काठमाडौं । नेपालमा आर्थिक वर्ष २०८०÷०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेका छन् । आईतवार विश्व आत्महत्या रोकथाम दिवसको उपलक्ष्यमा काठमाडौंमा आयोजित कार्यक्रममा सो तथ्यांकबारे जानकारी गराइएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले नेपालको हकमा गत आर्थिक वर्ष २०८०÷०८१ मा ७ हजार २२३ जनाले
काठमाडौं । आज अर्थ समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुनेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले देश बनाउनका लागि ३६ हजारभन्दा बढी रवि लामिछानेहरु जन्माउनुपर्ने बताएका छन् । शनिवार पार्टीको सिन्धुली–काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति अर्यालले आफ्नो पार्टी सभापतिको नाम लिँदै देश बनाउनका लागि एउटा रवि लामिछानेले मात्रै नसक्ने बताएका छन् । उनले देशलाई परिवर्तन गरी समृद्ध
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–भारतसम्बन्धि प्रवुद्ध व्यक्ति समूह (इपीजी) को प्रतिवेदन अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । दुई मुलुकबीचमा देखिएका समस्या समाधानका लागि अघिल्लो पटक आफू प्रधानमन्त्री भएको बेला गठित सो समूहको प्रतिवेदन अहिले आफू पुनः प्रधानमन्त्री भएर आएको र भारतीय प्रधानमन्त्री पनि नरेन्द्र मोदी आफै रहेकाले सो
काठमाडौं। नेकपा(एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले ४० करोड भन्दा माथिको भ्रष्टाचार मुद्दामा राष्ट्रिय सहमति हुने गरेको बताएका छन् । शनिवार हरि रोकाद्वारा लिखित पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ विमोचन र विमर्श कार्यक्रममा बोल्दै महासचिव भुसालले ४०÷५० करोड रुपैयाँभन्दा माथिका कुनैपनि भ्रष्टाचारका मुद्दामा दलहरुका बीचमा राष्ट्रिय सहमति हुने बताएका छन्। उनले ठूला भ्रष्टाचारहरु
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र बस्न लायकको स्थिति सिर्जना गर्ने बताएका छन् । शनिवार काठमाडौंमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशबाट युवाहरु बाहिरिरहेको भन्दै देश बनाउनुपर्ने जिम्मेवारी आफूहरुको भएको बताएका छन् । उनले अरुलाई दोष दिएर नहुने भन्दै भविष्यका लागि राम्रो स्थिति
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारीहरुले क्षमता विकासमार्फत प्रविधिमैत्री सेवा प्रवाह गर्नु आजको आवश्यकता भएको बताएका छन् । शनिवार काठमाडौंमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश संघीय शासन व्यवस्थामा प्रवेश गरेपछि नेपालको संविधानअनुकुल कर्मचारीतन्त्रलाई व्यवस्थित तुल्याउन नेपाल सरकारद्वारा संघीय संसदमा पेश
काठमाडौं । उपसभामुख इन्दिरा रानाले वायु प्रदुषणसम्बन्धी नीति बनाइने बताएकी छिन्। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले खुला फोरममार्फत सांसदहरुसँग बसेर वायु प्रदुषण सम्बन्धी नीति बनाउनेबारे छलफल गरिरहेको बताएकी छिन । उनले जलवायु परिवर्तन र वायु प्रदुषणका कारण ज्येष्ठ नागरिक, बालबालिका र महिलाहरुलाई धेरै असर परिरहेको भन्दै सोबारेमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको महिमा मण्डन नगर्न माओवादी केन्द्रलाई चेतावनी दिएका छन् । शनिवार काठमाडौंमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन प्रधानमन्त्रीओलीले नेकपा (माओवादी केन्द्र) र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै हिंसाको महिमा मण्डन गर्न छोडेर देश विकासमा लाग्न आग्रहगरेका छन् ।