Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

‘परमाधिपति बस्ने स्थान सुरक्षित राख्न नसक्नेले देशको सुरक्षा दिने विश्वास गर्नुपरेको छ’:राजेन्द्र पाण्डे


काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले नेपाली सेना लगायत सुरक्षा निकायको आलोचना गरेका छन् ।

काठमाडौं आयोजित एक कार्यक्रममा उनले परमाधिपति बस्ने स्थान सुरक्षित राख्न नसक्ने सुरक्षा निकायले देशको सुरक्षा दिने विश्वास गर्नुपरेको टीप्पणी गरेका छन् । उनले जेन–जी आन्दोलनमा भएका घटनाहरुको स्मरण गर्दै त्यस अवधिमा देशको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका छन् । जेन–जी आन्दोलनमा सुरक्षा निकायहरुले सिंहदरबार, सर्वोच्च अदालत र सेनाको परमाधिपति बस्ने स्थानसमेत सुरक्षित राख्न नसकेको बताए । त्यही सुरक्षामाथि निर्भर भएर देश अगाडि बढ्नुपर्ने अवस्था रहेको उनको भनाई छ । उनले जेन–जी आन्दोलन पनि सुरुआत गर्ने समूहको नियन्त्रणबाट बाहिर गएको बताए । आन्दोलन सुरु गर्ने युवाहरूले नै आन्दोलन आफ्नो नियन्त्रणमा नरहेको स्वीकार गरेको उनको भनाई छ ।

उनले भने, ‘यो जेन–जी विद्रोह हामी भन्ने गर्छौ, त्यो विद्रोह गर्ने युवा पुस्ताले हाम्रो हातबाट त १२ बजेबाटै हाइज्याक गरियो, आन्दोलन भन्छन् । उनीहरूका नेताहरूले भन्या छन्, हाम्रो हातमा थिएन, त्यो आन्दोलन । हामीले त सुरु मात्रै गरेका थियौँ । हामीले जम्माजम्मी दुई तीनटा कुरा मात्रै उठाएका थियौँ । एउटा व्यथितिपूर्ण शासन भयो, अर्को सामाजिक सञ्जालको बन्द भयो, भ्रष्टाचार बढ्यो । यिनै कुराहरू उठाएका थियौं । हामीले आन्दोलन सुरु गर्ने वित्तिकै हाम्रो हातबाट खोसियो, तोडफोड भयो, आगलागी भयो, सरकारले मान्छे मार्ने स्थिति बन्यो र यो स्थिति भयो । त्यो २३ गतेको १–२ बजेपछिका घटनाहरू र अनि २४ गतेको दिनभरिका घटना एकचोटी सम्झौंत र हाम्रो देशको स्थिति के भयो । त्यस्तो शक्ति त्यस्तो सुरक्षा अङ्ग जसले हाम्रो सिंहदरवार बचाउन सकेन, जसले हाम्रो सर्वोच्च अदालत बचाउन सकेन, जसले सेनाको परमाधिपति बस्ने ठाउँ बचाउन सकेन । त्यो सुरक्षा अङ्ग त्यसै माथि निर्भर रहेर हाम्रो देश बाँच्छ भनेर हामी हिड्नु परेको छ ।’

उनले वर्तमान स्थितिमा नेपालमा कम्युनिष्टहरु एकतावद्ध हुन आवश्यक रहेको पनि बताएका छन् । राष्ट्र संकटमा रहेको उल्लेख गर्दै उनले राष्ट्रियता जोगाउन कम्युनिष्ट एकता अपरिहार्य रहेको दाबी गरेका छन् ।


प्रकाशित मिति: ६ असार २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?