Trending
>>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस्


काठमाडौँ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी परित्याग गर्नुभएको पूर्वमहामन्त्री धवलशमशेर राणालाई पार्टीमा फर्किन आग्रह गरेका छन् ।

पार्टीको केन्द्रिय समितिको बैठकका निर्णय सुनाउने क्रममा संचारकर्मीहरुसंग कुरागर्दै उनले पार्टी छाडेर गल्ती नगर्न आग्रह गरेका हुन् । उनले नेताहरुले पार्टी छाडेको कुरा जानकारीमा नआएको बताए । उनले नेताहरूले पार्टी छाडेर गल्ती नगर्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ । राप्रपाका पूर्वमहामन्त्री राणाले भने पार्टी परित्याग गरेर नयाँ पार्टी गठन गर्ने घोषणा गरिसकेका छन् । अध्यक्ष लिङदेनले भने राणाको उक्त कार्यलाई जीवनकै अन्तिम गल्तीको संज्ञा दिएका छन् ।

उनले भने, ‘हामीले पार्टीको केन्द्रीय समितिको बैठकमा यस विषयमा कुनै जानकारी पनि पाएका छैनौँ । अहिलेसम्म हाम्रा कोही साथीहरुले सुन्नुभएको पनि छैन, उहाँहरुले जीवनको यो क्षणमा आएर यस प्रकारको गल्ती गर्नुहुन्न भन्ने मैले विश्वास गर्छु र उहाँहरुले कथम् यस प्रकारको काम गर्नुभयो भने उहाँहरुको जीवनको यो अन्तिम गल्ती हुनेछ । यस प्रकारको कामहरु पहिले पनि उहाँहरुबाट हुँदै आएको हो तर अहिले मेरो दृढ विश्वास छ, उहाँहरुले यस प्रकारको गलत काम गर्नुहुन्न र गर्नुभयो भने जीवनको अन्तिम गल्ती हुनेछ । समय बाँकी छ । अहिले नै नेतृत्वको बारेमा बहस गर्ने समय आएको छैन । महाधिवेशनको जुन ठ्याक्कै समय आउँछ, त्यसबेला साथीहरुसँग छलफल, परामर्श पछि हामी टुंगोमा पुग्छौँ । तर आउने महाधिवेशनमा नेतृत्वलाई प्रभावकारी र समयसापेक्ष बनाउने कुरामा हामी सबैको ध्यान केन्द्रित हुनेछ ।’

उनले पार्टी नेतृत्वको बहस गर्ने बेला पनि नभएको बताए । महाधिवेशनको निर्धारित समय आएपछि साथीहरूसँग छलफल र परामर्श गरेर निष्कर्षमा पुग्ने उनको भनाई छ । पार्टी नेतृत्वलाई अझ प्रभावकारी, सशक्त र समयसापेक्ष बनाउने विषयमा सबैको ध्यान केन्द्रित हुने उनले बताएका छन् ।


प्रकाशित मिति: ६ असार २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?