Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव


काठमाडौँ।जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा रहेका त्रुटी, विरोधाभास र अपूर्णताहरू सच्याउँदै संशोधनमार्फत थप समावेशी, न्यायपूर्ण र समृद्ध बनाउने जिम्मेवारी रास्वपामाथि आएको बताएका छन् ।

चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मुलुक अझै पनि सुशासन, समृद्धि, सामाजिक न्याय र वास्तविक समानताको खोजीमा रहेको बताए। उनले संविधानले संघीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षता जस्ता महत्वपूर्ण उपलब्धि संस्थागत गरे पनि ती विषयहरू पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको टिप्पणी गरेका छन् । उनले संविधानभित्रै विरोधाभास र अपूर्णता रहेको उल्लेख गर्दै विभेदमा परेका समुदाय, जातजाति र सांस्कृतिक समूहहरूको अधिकार सुनिश्चित गर्न संविधान परिमार्जन अपरिहार्य रहेको बताए । उनले संविधान संशोधनमार्फत विद्यमान विकृति र विसंगतिहरू हटाई देशको राजनीतिक तथा सामाजिक रूपान्तरणलाई नयाँ उचाइमा र्पुयाउनुपर्ने आवश्यकता औँल्याउँदै समावेशी लोकतन्त्रको सुदृढीकरणमा रास्वपाले अग्रसरता लिनुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘मुलुकमा अहिले सुशासन, समृद्धि र सामाजिक न्याय खोजिरहेको छ । मुलुक अहिले सयौँवर्षदेखि विभेदमा परेका, विभेदमा पारिएका विभिन्न भेषभुषा र जातजातीका मानिसहरुले समानताको हक र अधिकार चाहिरहेको अवस्था छ । मुलुकमा विगतमा संविधान सभाबाट संविधानको घोषणा गरियो । त्यो संविधान त्रुटिपूर्ण, अधुरो र अपुरो रहेको छ । आफैंभित्र विरोधाभास रहेको छ । निश्चित रुपमा यसमा केही महत्वपूर्ण आयामहरु पनि छन् । संघीयता, गणतन्त्र, समावेशिता, धर्म निरपेक्षता जस्ता महत्वपूर्ण पक्षहरु भएपनि ती धेरै कुराहरु अपुरा र अपूर्ण रुपमा रहेका छन् । र अहिलेको आवश्यकता संविधानलाई संशोधन गरी, संविधानलाई परिमार्जन गरी संविधानमा रहेका विकृति र विसंगतिलाई हटाएर संविधानलाई समृद्ध बनाउनुपर्ने ऐतिहासिक जिम्मेवारी पनि यहाँहरुमाथि आइपुगेको छ ।’

उनले मुलुकलाई समृद्धिको दिशामा लैजान सफलता मिलोस् भन्दै रास्वपा परिवारलाई शुभकामना दिएका छन् ।


प्रकाशित मिति: ७ असार २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?