काठमाडौँ।जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके)राउतले जेन–जी आन्दोलनको भावलाई नबिर्सन सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुझाव दिएका छन् ।
चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले जेन–जी आन्दोनलबाट प्राप्त विश्वास नभूल्नका लागि रास्वपालाई सम्झाउन पनि महाधिवेशनमा सहभागी हुन आएको स्पष्ट पार्दै । उनले आफूले आफनो पार्टीको देश बनाउने सपना पनि रास्वपाबाटै पूरा होस् भन्ने चाहेको जिकिर गरेका छन् ।
अध्यक्ष राउतले भने,‘जेन–जी आन्दोलनको भावलाई नबिर्सनु होला भनेर सम्झाउन पनि म यो महाधिवेशनमा आएको हुँ । त्यही भएर तपाईहरुको जुन आन्दोलनबाट उदय हुनुभएको छ । जुन जनआस्था प्राप्त गर्नुभएको छ । विश्वास प्राप्त गर्नुभएको छ । त्यो शहीदको सपना कहिल्यै पनि नबिर्सनु होला भनेर पनि म यहाँबाट भन्न चाहन्छु । हाम्रो पार्टी फरक होला केही छैन । हामी भन्छौँ–हाम्रो सपना पनि तपाईमार्फत नै पूरा होस्, हामी त्यो चाहन्छौँ । त्यसको लागि हामी शुभकामना दिन चाहन्छौँ ।’
अध्यक्ष राउतले रास्वपाले जेन–जी आन्दोलनका शहीदहरुको सपनालाई पनि नबिर्सने विश्वास व्यक्त गरेका छन् ।
प्रकाशित मिति: ७ असार २०८३, आईतवार