काठमाडौं। नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले जनतामा आशा जगाउँदै संसद्लाई प्रभावकारीरुपमा सञ्चालन गर्न सरकार जवाफदेहीरुपमा प्रस्तुत हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्ने क्रममा प्रमुख सचेतक गिरीले संसद्को सुसञ्चालन, सुशासन कायम र सेवा प्रवाहका सवालमा सरकारलाई थप जिम्मेवार बन्न आग्रह समेत गरे । संसद्को गत अधिवेशनमा
काठमाडौं। राष्ट्रिय सभा सदस्य डा. विमला राई पौडेलले रुस र युक्रेन युद्धमा फसेका नेपालीहरुका लागि सरकारले अभिभावकत्व लिन नसकेको बताएकी छन् । बुधवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले प्रहरी र सेनामा जागिर खाइरहेका नेपाली युवाहरु नेपालप्रतिको नैरश्यताले यो देशमा केही हुँदैन भनेर मर्न तयार भइ रसियाको सेनामा भर्ती भएको र
काठमाडौं। सांसद वामदेव गौतमले वैदेशिक रोजगारीबाट आएको रकमलाई मुलुकको विकासमा खर्च गरिनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले प्राप्त रकमलाई सरकारले कम्तीमा १० प्रतिशत ब्याज दिने गरी विकास निर्माणमा खर्च गर्नसकिने धारणा राखे । सांसद तथा नेता गौतमले भने, “वैदेशिक रोजगारीबाट प्राप्त रकम जनताको रगत र पसिना
काठमाडौं। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले भूकम्पपीडितलाई राहत, सडक, पुललगायत पूर्वाधार विकास, विदेशमा हराएका नागरिकको खोजी तथा विभिन्न निकायमा अपुग कर्मचारीको व्यवस्थापनलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । उक्त बैठकको शून्य समयमा बोल्दै सांसद कुमार दसौदीले नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रभावकारी बनाउन योग्य र क्षमतावान् व्यक्ति नियुक्ति गर्न सरकारसमक्ष माग
काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र गतिशील बन्दै गएको बताएका छन् । त्यस्तै, इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को प्रथम वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘अर्थतन्त्र पुनरुत्थानमा सरोकारवालाको भूमिका’ विषयक अन्तक्रियामा उनले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अगाडि बढ्दै गएको बताएका हुन् । “विगतका दिनमा धेरै रकम अनुत्पादक क्षेत्रमा खर्च भयो,
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकारको सम्मान, संरक्षण र सम्बर्द्धनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मानव अधिकारसँग सबै अधिकारलाई सरकारले उच्च सम्मान गर्दै आएको बताउनुभयो । “नेपालको संविधान, कानुन, आवधिक योजना, सरकारका नीति तथा कार्यक्रम, संस्थागत
काठमाडौँ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मानव अधिकार समितिको प्रतिवेदनसहित सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी विधेयक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सोही विधेयकलाई पारित गरियोस्
काठमाडाैं । संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन्। राष्ट्रपति पौडेलले संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेयलाइ नियुक्त गरेका हुन् । महासचिवबाट डा. भरतराज गौतमले राजीनामा दिएपछि संविधानको धारा १०६ को उपधारा १ बमोजिम पाण्डेयलाई प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले सिफारिस गरेका थिए। पाण्डेय गत मंसिर २५ गते संघीय संसद्को
काठमाडौं। अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । राज्यव्यवस्था तथा सुशासन समितिले सो विधेयक पारित गरेको हो । मंगलबार सिंहदरवारमा बसेको समितिको बैठकले विधेयकलाई प्रतिवेदन सहित सर्वसम्मतिले पास गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिएका छन् ।
काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आगामी आर्थिक वर्षको लागि बजेटका सिद्धान्त र प्राथमिकताका (प्रिबजेट) बारे संसदमा छलफल गर्नुपूर्व पार्टीका सांसदहरूलाई प्रशिक्षण दिने भएको छ । मंगलबार सिंहदरवारमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले बजेटका सिद्धान्त र प्राथमिकताकारबारे संसदमा छलफल गर्नुपूर्व सांसदहरूलाई प्रशिक्षण