Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

रास्वपाद्वारा काठमाडौंका १४ ठाउँमा ‘ऐक्यवद्धता डेस्क’ सञ्चालन


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर अभियानका लागि ‘ऐक्यवद्धता डेस्क’ सञ्चालन गरेको छ ।

शुक्रवार काठमाडौंको कलंकीमा पार्टीका नेताहरु उपस्थित भइ हस्ताक्षर अभियानका लागि ऐक्यवद्धता डेस्कको शुभारम्भ गरेका हुन् । रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै त्यसको विरुद्धमा जनताको हस्ताक्षर अभियान शुरु गरेको हो ।

सभापति लामिछाने सहकारी ठगी प्रकरणमा जेलमा छन् । बुटवको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई थुनामा राख्न आदेश दिएको थियो । शुक्रवारबाट काठमाडौंका १४ ठाउँमा ऐक्यवद्धता डेस्क सञ्चालनमा ल्याइएको रास्वपाले बताएको छ ।


प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?