Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

रास्वपाद्वारा काठमाडौंका १४ ठाउँमा ‘ऐक्यवद्धता डेस्क’ सञ्चालन


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर अभियानका लागि ‘ऐक्यवद्धता डेस्क’ सञ्चालन गरेको छ ।

शुक्रवार काठमाडौंको कलंकीमा पार्टीका नेताहरु उपस्थित भइ हस्ताक्षर अभियानका लागि ऐक्यवद्धता डेस्कको शुभारम्भ गरेका हुन् । रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै त्यसको विरुद्धमा जनताको हस्ताक्षर अभियान शुरु गरेको हो ।

सभापति लामिछाने सहकारी ठगी प्रकरणमा जेलमा छन् । बुटवको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई थुनामा राख्न आदेश दिएको थियो । शुक्रवारबाट काठमाडौंका १४ ठाउँमा ऐक्यवद्धता डेस्क सञ्चालनमा ल्याइएको रास्वपाले बताएको छ ।


प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?