Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

खानेपानीमा नागरिकको पहुँच र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी सङ्कल्प प्रश्ताव


काठमाडौँ। राष्ट्रिय सभामा खानेपानीमा नागरिकको सहज पहुँच पुर्याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गरिएको छ ।

बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा सांसद जगप्रसाद शर्माले गर्ने उक्त सङ्कल्प प्रश्ताव प्रश्तुत गरेका हुन् । उनले अहिले पनि कैयौँ ठाउँमा ब्लिचिङ पाउडर नपाएरै दूषित पानी पिउनुपर्ने बाध्यता रहेको बताए । उनले खानेपानी सबै प्राणीहरूको निम्ति महत्वपूर्ण रहेको बताउँदै दूषित पानीले झाडापखालादेखि विभिन्न रोगहरू ल्याउने र अनाहकमा नागरिकको ज्यान जाने खतरा बढिरहेको समेत जिकिर गरे । सांसद शर्माले सङ्कल्प प्रश्तावको मुख्य पाठ नेपालमा ब्लिचिङ पाउडर निर्माण गर्ने रहेको र थोरै लगानीमा पनि कम्पनी निर्माण गर्न सकिने विज्ञहरूले बताएको बताए । उनले नेपालमा नागरिकलाई सुरक्षित पानीको व्यवस्था गर्न ब्लिचिङ पाउडर निर्माण कम्पनीको आवश्यकता रहेको बताउँदै त्यसले केही मात्रा भए पनि रोजगारी सिर्जना गर्ने जिकिर गरे ।

उनले भने, “अहिले कैयौँ ठाउँमा ब्लिचिङ पाउडर नपाएर दुषित पानी पिउनुपर्ने बाध्यता रहेको छ । जुन दुषित पानीले झाडा पखालादेखि विभिन्न रोगहरू ल्याउने र त्यसले अनाहकमा नागरिकको ज्यान जाने खतरा बढिरहेको छ । यो सङ्कल्प प्रस्तावको मुख्य पाठ भनेको नेपालमा ब्लिचिङ पाउडर निर्माण गर्नुपर्छ । जसका निम्ति सहज ढङ्गले थोरै लगानीमा यो भन्ने कुराको विज्ञहरूले बताएका छन् । नेपालमा त्यसको आवश्यकता छ, जसले केही मात्रा भए पनि रोजगारी सिर्जना गर्न सक्छ । नागरिकलाई सुरक्षित पानीको व्यवस्था गर्न सक्छ । यो आवश्यकता छ ।”

सङ्कल्प प्रश्तावलाई सांसदहरू कृष्णबहादुर रोकाय, गोपीबहादुर सार्की अछामी, भगवती न्यौपाने, मदनकुमारी शाह गरिमा र मोहम्मद खालिदले समर्थन गरेका छन् ।


प्रकाशित मिति: १२ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?