Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

खानेपानीमा नागरिकको पहुँच र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी सङ्कल्प प्रश्ताव


काठमाडौँ। राष्ट्रिय सभामा खानेपानीमा नागरिकको सहज पहुँच पुर्याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गरिएको छ ।

बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा सांसद जगप्रसाद शर्माले गर्ने उक्त सङ्कल्प प्रश्ताव प्रश्तुत गरेका हुन् । उनले अहिले पनि कैयौँ ठाउँमा ब्लिचिङ पाउडर नपाएरै दूषित पानी पिउनुपर्ने बाध्यता रहेको बताए । उनले खानेपानी सबै प्राणीहरूको निम्ति महत्वपूर्ण रहेको बताउँदै दूषित पानीले झाडापखालादेखि विभिन्न रोगहरू ल्याउने र अनाहकमा नागरिकको ज्यान जाने खतरा बढिरहेको समेत जिकिर गरे । सांसद शर्माले सङ्कल्प प्रश्तावको मुख्य पाठ नेपालमा ब्लिचिङ पाउडर निर्माण गर्ने रहेको र थोरै लगानीमा पनि कम्पनी निर्माण गर्न सकिने विज्ञहरूले बताएको बताए । उनले नेपालमा नागरिकलाई सुरक्षित पानीको व्यवस्था गर्न ब्लिचिङ पाउडर निर्माण कम्पनीको आवश्यकता रहेको बताउँदै त्यसले केही मात्रा भए पनि रोजगारी सिर्जना गर्ने जिकिर गरे ।

उनले भने, “अहिले कैयौँ ठाउँमा ब्लिचिङ पाउडर नपाएर दुषित पानी पिउनुपर्ने बाध्यता रहेको छ । जुन दुषित पानीले झाडा पखालादेखि विभिन्न रोगहरू ल्याउने र त्यसले अनाहकमा नागरिकको ज्यान जाने खतरा बढिरहेको छ । यो सङ्कल्प प्रस्तावको मुख्य पाठ भनेको नेपालमा ब्लिचिङ पाउडर निर्माण गर्नुपर्छ । जसका निम्ति सहज ढङ्गले थोरै लगानीमा यो भन्ने कुराको विज्ञहरूले बताएका छन् । नेपालमा त्यसको आवश्यकता छ, जसले केही मात्रा भए पनि रोजगारी सिर्जना गर्न सक्छ । नागरिकलाई सुरक्षित पानीको व्यवस्था गर्न सक्छ । यो आवश्यकता छ ।”

सङ्कल्प प्रश्तावलाई सांसदहरू कृष्णबहादुर रोकाय, गोपीबहादुर सार्की अछामी, भगवती न्यौपाने, मदनकुमारी शाह गरिमा र मोहम्मद खालिदले समर्थन गरेका छन् ।


प्रकाशित मिति: १२ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?