Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

कोरियाली सीप, प्रविधि, अनुभवलाई नेपालले अनुशरण गर्नुपर्छः श्रममन्त्री भण्डारी


काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरियाली सीप, प्रविधि, अनुभवलाई नेपालले अनुशरण गर्नुपर्ने बताएका छन् ।

ललितपुरमा बिहीवार हामी एप सार्वजनिक कार्यक्रममा बोल्दै उनले छोटो समयमा नै कोरियाले फड्को मारेको र त्यसमा नेपाली कामदारहरुको समेत योगदान रहेको बताएका हुन् । उनका अनुसार कोरियासहित विभिन्न मुलुकमा गएर नेपालीले काम गरिरहेका छन् । ती राष्ट्रको आर्थिक विकासमा नेपालीहरुले महत्वपूर्ण योगदान पुर्याएको बताउँदै श्रममन्त्री भण्डारी ति देशले नेपालीको योगदानलाई कदर गर्नुपर्ने बताए ।
उनका अनुसार नेपाली श्रमिकले पनि नेपालमा फर्किसकेपछि विदेशको सीप, पुँजी, अनुभवलाई परिचालन गरी राष्ट्र समृद्ध बनाउन लाग्नुपर्छ ।

श्रममन्त्री भण्डारीले भने– ‘हाम्रा श्रमिकले आफ्नो रगत, पसिना बगाएर काम गरिरहेका छन् । तर त्यो कामले गर्दा उनीहरुको मुलुकमा आर्थिक उन्नति, समृद्धि र विकास भइरहेको छ । त्यो विकासको साझेदार हामी पनि र्हौं । त्यस कारण हाम्रा श्रमिकहरु सम्मानका पात्र हुनुपर्छ । सुरक्षित आप्रवाशनको व्यवस्था हुनुपर्छ । त्यो मुलुकले पाएका नागरिक सरह सेवा, सुविधा, पारिश्रमीक हुनुपर्छ ।’

उनका अनुसार विदेशमा नेपाली कामदारलाई फरक दृष्टिले हेरिनु हुँदैन । ती राष्ट्रहरुले आफ्ना नागरिक सरह सेवा सुविधा दिनुपर्छ । भण्डारीकाअनुसार अहिले सरकारले विभिन्न देशसँग द्विपक्षीय श्रम सम्झौता गरिदैँछ । अन्तर्राष्ट्रिय फोरमहरुमा समेत सरकारले समान व्यवहारका लागि कुरा उठाइरहेको बताउँदै उहाँले नेपालीले सुरक्षित रुपमा काम गर्न पाउने अधिकारको सुनिश्चित गरिने बताएका छन् । उनका अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयको संरचना समेत विगतमा वैदेशिक रोजगार सम्बद्ध थिए । अहिले त्यसको पुनःसंरचना गरेर अघि बढिरहेको बताए ।


प्रकाशित मिति: १२ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?