Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

उपभोक्ताले तिर्ने करबारे उत्पादकसँगको छलफलको औचित्य छैनः सांसद थापा


काठमाडौ।नेकपा (एमाले)का सांसद सूर्यबहादुर थापाले बजेटसँग सम्बन्धित विधेयकहरू सदनबाट पास नभईकन अर्थ समितिमा छलफल हुनु विधिसम्मत नभएको भन्दै आपत्ति जनाएका छन् ।

बुधवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै सांसद थापाले सुनचाँदीका गरगहना, ग्याविन वायर र आयुर्वेदिक औषधीमा मूल्य अभिवृद्धि कर (भ्याट)को विषयमा छलफल गर्नु अनुचित रहेको बताएका हुन् । करका दरहरू प्रस्तावित भइसकेको उल्लेख गर्दै सांसद थापाले आर्थिक विधेयकमा संशोधनहरू माथि छलफलको निर्धारित कार्यसूची रहेकाले अहिले छलफल गर्न उचित नरहुने बताए । उनले वस्तुहरुमाथि लगाइएको कर लगानीकर्ता र उत्पादकहरुले नभई उपभोक्ताले तिर्ने भएको कारण उत्पादक कम्पनीहरुसँग छलफल गर्नुको सार्थकता नरहेको समेत बताएका छन् ।

उनले भने,‘बजेट बक्तव्यसँग सम्बन्धीत जुन विधेयकहरु दर्ता भएका छन् । ति विधेयक पारित हुनुभन्दा अगाडि अर्थ समितिको कार्यक्षेत्र भित्रको कुरा हो जस्तो मलाइ लाग्दैन । त्यही भएर यो छलफल उचित छैन । म व्यक्तिगत रुपमा आयुर्वेद क्षेत्रका साथिहरु बहुराष्ट्रिय कम्पनीहरुको माखे साङ्लोमा नपर्नुहोस्, उहाँहरुलाई जसरी करमा, उत्पादनमा व्यवस्थित गर्न सहयोग गर्ने मान्छे हो । तर यो तरिका चाहीँ मिलेन । कहिले उजुरी आएछ अनि आकाशै खसेजस्तो विधेयकमा सदनमा छलफल नहुँदै हामीले सैद्धान्तीक छलफल गर्नको लागि कार्यसूचीमा राखेर छलफल गरेका छौँ । फेरी यो भ्याटका सवालमा लगानीकर्ता र उत्पादकहरुले त भ्याट तिर्ने होइनन् । कर तिर्ने त उपभोक्ताले हो नि । त्यस कारण यो छलफलको तरिका मिलेन ।’

समिति बैठकमा बुधवार आर्थिक विधेयक मार्फत आयुर्वेदिक औषधिमा प्रस्तावित मूल्य अभिवृद्धि कर तथा आर्थिक विधेयकले प्रश्ताव गरेका कर सम्बन्धी व्यवस्था र करका दरहरुका सम्बन्धमा गरेको हो ।


प्रकाशित मिति: ११ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?