Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

सार्वजनिक शिक्षाको सुदृढीकरण राज्यको पहिलो प्राथमिकता हुनुपर्छः सांसद पौडेल


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सार्वजनिक शिक्षाको सुदृढीकरण राज्यको पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिएका छन् ।

बिहीवारको शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै सांसद पौडेलले यस्तो धारणा राखेका हुन् । उनले निजी विद्यालयको व्यवस्थापनका लागि सरकार गम्भीर हुनुपर्ने समेत बताए । उनले सार्वजनिक विद्यालयहरूको सबलीकरण गर्दै सेवामुलक सेवामूलक बनाउनु पनि राज्यको दायित्व भएको बताए । उनले निजी विद्यालयहरुको सम्पती संरक्षण गर्ने दायित्व सरकारको भएपनि उचित व्यवस्थापन गर्नुपर्ने बताएका छन् । उनले सरकारले कक्षा ८ सम्म अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिसकेको र कक्षा १२ सम्म पनि निःशुल्क शिक्षाका लागि प्रतिबद्धता जनाइसकेको उल्लेख गर्दै ती घोषणाको कार्यान्वयनका लागि स्पष्ट समयरेखा तय गर्नुपर्ने बताए ।

उनले भने, ‘सार्वजनिक विद्यालयहरुको सबलिकरण गर्ने इच्छाशक्ति राज्यको पहिलो प्राथमिकता हुनुपर्छ । र यो सेवामुलक नै हो । अहिले सरकारले स्वीकृति दिएका जतिपनि निजी विद्यालयहरु छन् ति विद्यालयहरुको सकुशल अवतरण र निकाशका पक्षमा प्रतिवद्ध हौँ । सम्पतीको हकको दायित्व संरक्षण गर्ने कुरा राज्यको दायित्वभित्र नै पर्छ । त्यसको पनि हामीले उचित व्यवस्था गर्न सक्नुपर्छ । अर्को, कुनैपनि विद्यार्थीको शैक्षिक सत्रमा समस्या नहुनेगरी र त्यहाँ भित्रको सरोकारवालाहरुको पनि सुनुवाई गरेर सेवामुलक नै बनाउनुपर्छ । हामीले कक्षा आठसम्म अनिवार्य र निःशुल्क भनिसकेका छौँ । १२ कक्षासम्म हामीले निःशुल्क भन्यौँ । एउटा आवधिक समयमा त्यो कार्यान्वयन गर्ने प्रतिवद्धता सरकारको हुनुपर्यो । त्यो समयसम्म निजी विद्यालयहरुले समेत सरकारको स्वीकृति लिएर चलाएको कारणले उहाँहरुको सम्पतीको व्यवस्थापन गर्ने कुरा, विद्यार्थीको व्यवस्थापन गर्ने कुराका लागि सरकारले उचित समय दिनसक्छ । त्यसरी जाँदा संविधानको कार्यान्वयन हुनेगरी हुन्छ भन्ने मलाई लाग्छ ।’

संविधान कार्यान्वयन हुनेगरी निजी विद्यालयहरुलाई समेत सेवामुलक बनाउनुपर्नेमा सांसद पौडेलको जोड छ ।


प्रकाशित मिति: १२ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?