Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

सार्वजनिक शिक्षाको सुदृढीकरण राज्यको पहिलो प्राथमिकता हुनुपर्छः सांसद पौडेल


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सार्वजनिक शिक्षाको सुदृढीकरण राज्यको पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिएका छन् ।

बिहीवारको शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै सांसद पौडेलले यस्तो धारणा राखेका हुन् । उनले निजी विद्यालयको व्यवस्थापनका लागि सरकार गम्भीर हुनुपर्ने समेत बताए । उनले सार्वजनिक विद्यालयहरूको सबलीकरण गर्दै सेवामुलक सेवामूलक बनाउनु पनि राज्यको दायित्व भएको बताए । उनले निजी विद्यालयहरुको सम्पती संरक्षण गर्ने दायित्व सरकारको भएपनि उचित व्यवस्थापन गर्नुपर्ने बताएका छन् । उनले सरकारले कक्षा ८ सम्म अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिसकेको र कक्षा १२ सम्म पनि निःशुल्क शिक्षाका लागि प्रतिबद्धता जनाइसकेको उल्लेख गर्दै ती घोषणाको कार्यान्वयनका लागि स्पष्ट समयरेखा तय गर्नुपर्ने बताए ।

उनले भने, ‘सार्वजनिक विद्यालयहरुको सबलिकरण गर्ने इच्छाशक्ति राज्यको पहिलो प्राथमिकता हुनुपर्छ । र यो सेवामुलक नै हो । अहिले सरकारले स्वीकृति दिएका जतिपनि निजी विद्यालयहरु छन् ति विद्यालयहरुको सकुशल अवतरण र निकाशका पक्षमा प्रतिवद्ध हौँ । सम्पतीको हकको दायित्व संरक्षण गर्ने कुरा राज्यको दायित्वभित्र नै पर्छ । त्यसको पनि हामीले उचित व्यवस्था गर्न सक्नुपर्छ । अर्को, कुनैपनि विद्यार्थीको शैक्षिक सत्रमा समस्या नहुनेगरी र त्यहाँ भित्रको सरोकारवालाहरुको पनि सुनुवाई गरेर सेवामुलक नै बनाउनुपर्छ । हामीले कक्षा आठसम्म अनिवार्य र निःशुल्क भनिसकेका छौँ । १२ कक्षासम्म हामीले निःशुल्क भन्यौँ । एउटा आवधिक समयमा त्यो कार्यान्वयन गर्ने प्रतिवद्धता सरकारको हुनुपर्यो । त्यो समयसम्म निजी विद्यालयहरुले समेत सरकारको स्वीकृति लिएर चलाएको कारणले उहाँहरुको सम्पतीको व्यवस्थापन गर्ने कुरा, विद्यार्थीको व्यवस्थापन गर्ने कुराका लागि सरकारले उचित समय दिनसक्छ । त्यसरी जाँदा संविधानको कार्यान्वयन हुनेगरी हुन्छ भन्ने मलाई लाग्छ ।’

संविधान कार्यान्वयन हुनेगरी निजी विद्यालयहरुलाई समेत सेवामुलक बनाउनुपर्नेमा सांसद पौडेलको जोड छ ।


प्रकाशित मिति: १२ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?