३१ श्रावण, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रको विकासमा अपेक्षित प्रतिफल प्राप्त गर्न सामाजिक सुरक्षा योजनालाई एकीकृत अवधारणाअन्तर्गत समाहित गर्दै सघन अभियानका रुपमा सञ्चालन गरिने बताएका छन् । सामाजिक सुरक्षा कोषद्वारा आज यहाँ आयोजित अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन
३१ श्रावण, काठमाडाैँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीय निजामती ऐन एकसाताभित्रै सदनमा दर्ता हुने जानकारी दिएका छन् । नेपाल निजामती कर्मचारी युनियन केन्द्रिय कार्यसमितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा उनले निजामती विधेयक चालु अधिवेशनमै सदनमा दर्ता भई छलफल अघि बढ्ने बताए । उनले भने, “विधेयक छिट्टै सदनमा दर्ता हुन्छ, पहिलेको
३१ श्रावण, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले भेटवार्ता गरेका छन् । राष्ट्रपति भवनमा बुधवार भएको भेटमा समसामयिक राजनीति र संसदकाे गतिरोधका बारे छलफल भएको जानकारी राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले दिए । उनका अनुसार, भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्य
३१ श्रावण, काठमाडाैँ । अर्थमन्त्री डा प्रकाशशरण महतले उद्यमशीलता विकासको अवसर विदेशमा भन्दा स्वदेशमै रहेको र यसको नेतृत्व युवाले गर्नुपर्ने बताएका छन् । राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानले आज काठमाडौँमा आयोजना गरेको ‘इन्टरप्रेनसीप मोटिभेसन कन्क्लेभ’लाई सम्बोधन गर्दै उनले विदेश जाने वित्तिकै सबै कुरा प्राप्त
३१ श्रावण, हेटाैँडा । बागमती प्रदेशमा कृषि विकास विधेयक अलपत्र परेको छ । प्रदेशसभाको बैठक आह्वान हुन नसक्दा किसानका लागि महत्वपूर्ण मानिएको उक्त विधेयक अलपत्र परेको हो । विगत डेढमहिना दिनदेखि प्रदेशसभा बैठक बस्न नसक्दा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले तयार गरेको सो विधेयक मन्त्रालयमै अड्किएर बसेको छ । मन्त्रालयले प्रदेशसभा
३१ श्रावण, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पाैडेल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । बुधबार दिउँसो राष्ट्रपति पाैडेलसँग वार्ताका लागि अध्यक्ष ओली राष्ट्रपति निवास शितल निवास गएका थिए । राष्ट्रपति पौडेल र अध्यक्ष ओलीबीच भेटवार्ता जारी रहेको बताइएको छ । भेटमा समसामयिक विषयमा छलफल भएको पनि बताइएको
३१ श्रावण, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गठबन्धन दलहरुबीच सहमति कायम गरी चाँडै वर्तमान सरकारले विश्वासको मत लिने बताएका छन् । उनले उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री गयानन्द मण्डल गनगार्इंको शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै भदौ १ गतेदेखि प्रदेश सभाको बैठक सुरु हुँदा उपयुक्त समयमा वर्तमान सरकारले विश्वास मत
३१ श्रावण, विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज गयानन्द मण्डल गनगाईंलाई प्रदेशको उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री उद्धव थापाको साउन ३१ गतेको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम गनगाईंलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री थापाले
३१ श्रावण, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र चिनियाँ राजदूत चेन सङबीच भेटवार्ता भएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सभापति लामिछाने र चिनियाँ राजदूतबीच भेट भएको हो । उक्त भेटमा नेपाल र चीनका आपसी हितका बारेमा छलफल भएको बताइएको छ । राजदूतसँगको शिष्टाचार भेटमा प्रतिनिधि सभा
३१ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीको आज पुनः शल्यक्रिया गरिने भएको छ । करिब छ महिना अगाडि आगलागीमा परी घाइते भएका उनको आज कीर्तिपुरस्थित बर्न सेन्टरमा हात र पछाडिको भागको शल्यक्रिया हुन लागेको अस्पतालका प्रमुख प्रा डा शङ्कर राईले जानकारी दिए । पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार