Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

वामपन्थीबीचको एकताका लागि प्रगतिशील लेखकले सिर्जना गर्नुपर्छ : मन्त्री किराती


५ ,असोज ,काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सुदन किरातीले जनता र सहिदका सपना पूरा गराउन वामपन्थीलाई एकताबद्ध बनाउन लेखकले सशक्त सिर्जना गर्नुपर्ने बताएका छन् ।

प्रगतिशील लेखक सङ्घ (प्रलेस) को ७२औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा मन्त्री किरातीले विश्वमै कम्युनिष्ट रक्षात्मक स्थितिमा रहेका बेला नेपालमा कम्यनिष्ट एक हुन नसकेको तर विसं २००९ देखि प्रलेसमा सबै वामविचारमा लेखक सङ्गठित भएको सन्दर्भ उल्लेख गर्दै सङ्घले एकताका लागि पहल गर्ने ताकत राख्ने बताए ।

उनले भने, “आफ्नो उचाइ अग्लो बनाउन अरुलाई खुट्टा तान्ने प्रवृत्ति कम्युनिष्टमा देखिन्छ । यो प्रवृत्तिले समाजवादको सपना पूरा हुँदैन । लेखकले सशक्त रचनाका माध्यमबाट यस्ता गलत संस्कृतिको चिरफार गर्नुपर्छ ।”

उनले समाजवादी संस्कृतिको उजागर गर्दै वैचारिक अभियानलाई निरन्तर अघि बढाउन प्रलेसलाई आग्रह गरे । कार्यक्रममा मन्त्री किरातीले रु २५ हजार एक सय राशिको प्रलेस श्यामप्रसाद स्मृति पुरस्कार कवि कुन्ता शर्मालाई प्रदान गरे ।

यस्तै रु २० हजार एक सय राशिको प्रलेस प्रतिभा पुरस्कार नरेश भण्डारीलाई, रु ११ हजार राशिको बालसाहित्य पुरस्कार प्रा डा कपिल लामिछानेलाई र १० हजार एक सय राशिको प्रलेस साहित्य पुरस्कार गुरुप्रसाद कुमाल ‘बुलबुल’ लाई दिइयो ।

सो अवसरमा प्रलेसको २८औँ विशेष अङ्कको विमोचन गरिएको थियो । सङ्घका अध्यक्ष डा मदुसूधन गिरीले साम्राज्यवाद र विस्तारवादको विपक्षमा रही समाजवादीधारका लेखकलाई थप एकताबद्ध बनाउन पहल गरिने बताए ।


प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?