Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

यस्तो छ प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण तालिका


चीन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको राजकीय भ्रमणका लागि आज हाङजाओ आइपुग्नुभएको छ । उहाँलाई चीनमा भब्य स्वागत गरिएको छ । चीनको हाङ्चाउ सहरको हाङजाओ विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले हार्दिक स्वागत गर्नुभयो । सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत छन सोङ लगायत दुई देशका उच्चस्थ पदाधिकारीहरुको उपस्थिति थियो ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर आजै अमेरिकाको न्यूयोर्कवाट चीन आइ पुग्नुभएको हो । प्रधानमन्त्री प्रचण्ड आजै चिनियाँ महामहिम राष्ट्रपति सि चीनफिङले आयोजना गर्नुभएको दिवा भोजमा सहभागी हुनुभयो । उहाँ हाङ्जाओमा आयोजित १९औं एसियन गेम्सको उद्घाटन समारोहमा सहभागी हुनुहुने छ । हाङ्जाओमै प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सि चीनफिङसँग उच्चस्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ ।

भोली प्रधानमन्त्री प्रचण्ड चीनको राजधानी बेइजिङ जानुहुनेछ । बेइजिङमा उहाँले सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ । त्यसैगरी राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यसूची छ। यसैगरी चीनस्थित नेपाली राजदूतावासले आयोजना गर्ने रात्री भोजमा सहभागी हुनुका साथै चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री प्रचण्डले २६ सेप्टेम्बरमा चीनको छोङछिङ महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नुका साथै त्यसपछि नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानु हुनेछ । प्रधानमन्त्री प्रचण्ड आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ।


प्रकाशित मिति: ६ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?