Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

मन्त्री ज्वालाद्वारा चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन


६ ,असोज ,काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षीय कार्यदल गठन गरेका छन् ।

यातायात क्षेत्रसँग सम्बन्धित सबै पक्षलाई बोलाएर उहाँले हिजो छलफल गरेपछि यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा कार्यदल गठन गरिएको हो ।

बैठकमा राज्यमन्त्री नन्दा चपार्ईं, बागमती प्रदेश श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल, प्रहरी प्रधान कार्यालय, उपत्यका ट्राफिक महाशाखा, सडक विभाग, यातायात व्यवसायी महासङ्घ, उपभोक्ता संरक्षण मञ्च, ट्रेड युनियनका प्रतिनिधिहरू र काठमाडौँ महानगरपालिकाका प्रतिनिधिको सहभागिता थियो ।

दसैँ, तिहार र छठ पर्वमा राजधानी काठमाडौँबाट बर्सेनि १० लाख यात्रु बाहिरिने गरेका छन् । मन्त्री ज्वालाले दसैँको बुकिङ खुल्नुभन्दा अगाडि सडकको अवस्था सुधार गर्न सडक विभागलाई निर्देशन पनि दिए ।

काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुहरूलाई सुरक्षित गन्तव्यस्थल पुर्याउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री ज्वालाले भने, ‘बर्षातका कारण सडकहरू बिग्रेका छन्, ती सडक तत्काल सुधार गर्नुहोस् ।”

उनले राज्यका अन्य निकाय र मन्त्रालयसँग सहकार्य गरी निरीक्षण गर्ने बताए । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले सडकको अवस्था सुधार गर्न तत्कालै टोली खटाउने प्रतिबद्धता व्यक्त गरे ।

ट्राफिक महाशाखाका प्रतिनिधिले सडक व्यवस्थापनका लागि आफूले कुनै कसरत बाँकी नराख्ने बताए । यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज चौलागाईंले गाडीको अभावमा टीका लगाउनबाट कसैलाई पनि वञ्चित हुन नदिने प्रतिबद्धता जनाए ।

उपभोक्ता संरक्षण मञ्चका प्रतिनिधिहरूले सडक छेउका होटलले यात्रुहरूलाई दूषित खाना खुवाउने र त्यसको चर्काे मूल्य असुल गर्ने गरेको भन्दै त्यसको निरीक्षण गर्न मन्त्री ज्वालालाई आग्रह गरे ।


प्रकाशित मिति: ६ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?