काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूको बैठक बसिरहेको छ।प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्रीका अलावा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, समाजवादी मोर्चाका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवलगायतका नेता सहभागी छन्। एमालेले सहकार्य तोड्दै कांग्रेससँग नयाँ सत्तागठबन्धन गरेपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा
काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा ओलीबिच बूढानीलकण्ठस्थित देउवा निवासमा अहिले भेटवार्ता भइरहेको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट बर्खास्त भएका मुकुल ढकालले सभापति रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन् ।पार्टीले कारबाही गरेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गरेका ढकालले पार्टी सभापति लामिछानेमाथि नै प्रश्न उठाएका हुन् । १९ गतेको बैठकमा मुखमा कालो टेप लगाएर बस्नु आफ्नो कमजोरी भएको हुनसक्ने उनले बताए
काठमाडाैं । माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ। तस्बिर : प्रदीपराज वन्त / प्रधानमन्त्रीको सचिवालय
काठमाडौं । नेकपा एमालेले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले पर्सि २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले यही असार २८ गते प्रतिनिधिसभा बैठकमा विश्वासको मतको विषयमा छलफल हुने बताइएको छ । नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्ता साझेदारी तोडेर समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत चारवटा संसदीय समितिको बैठक आज बस्दै छ । आज सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा अङ्गदान र प्रत्यारोपण सम्बन्धी विद्यमान अवस्था, समस्या तथा चुनौती र भावी कार्यदिशाबारे छलफल हुनेछ । त्यस्तै, महिला तथा सामाजिक मामिला समितिको
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आजको बैठकमा समसामयिक राजनीति, नयाँ सरकारमा जाने मन्त्री, केन्द्रीय नेताका कार्यविभाजनलगायत विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिन लागेको विश्वासको मत र कांग्रेस र एमालेबीच सरकारको आलोपालो
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब बन्ने सरकार संविधानको धारा ७६ (२) अनुसार नै हुने दाबी गरेका छन् । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा नेता कोइरालाले भने,‘म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु । अब बन्ने सरकार ७६ (२) कै हुन्छ ।’
संसदको प्रत्यक्ष प्रशारण भैरहेको छ । प्रतिनिधि सभा बैठक, २०८१ असार २५ गते,मंगलबार बिहान ११:०० बजे https://youtu.be/4cFGR8fdVB0