Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

विकास निर्माण क्षेत्रका आयोजना प्रमुखलाई कम्तीमा एक आर्थिक वर्ष सरुवा नगर्न संसदीय समितिको निर्देशन


काठमाडौं। सार्वजनिक लेखा समितिले विकास निर्माण क्षेत्रका आयोजना प्रमुखलाई कम्तीमा एक आर्थिक वर्ष सरुवा नगर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

सोमवारको सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकले विकास निर्माणको क्षेत्रमा काम गर्ने आयोजना प्रमुखलाई कम्तीमा एक आर्थिक वर्ष सरुवा नगर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो । समितिको निर्णय सुनाउँदै समिति सभापति ऋषिकेश पोखरेलले महालेखा परीक्षणको कार्यालयलार्य कार्यपरीक्षण गर्न पनि निर्देशन दिए । कार्य परीक्षणका लागि आवश्यक जनशक्तिको बारेमा मन्त्रालयलाई जानकारी गराउन पनि निर्देशन दिए । त्यस्तै सचिवहरुलाई १५ दिनभित्र मन्त्रालयको समग्र बेरुजु प्रतिवेदन पेश गर्दा सहमति भएका विषयहरुको एउटा, असहमति भएर छलफल गर्नुपर्ने विषयहरुको अर्को प्रतिवेदन उपलब्ध गराउन पनि निर्देशन दिए ।

सभापति पोखरेलले भने,‘अबको ४ महिनापछि आज हामीले गरेको प्रतिवद्धताको अडिट हामी यसरी नै सँगै बसेर गर्नेछौँ । यो पल्ट तपाईंहरुले मन्त्रालयको समग्र बेरुजु प्रतिवेदन पेश गर्दा सहमति भएका विषयहरुको एउटा, असहमति भएर छलफल गर्नुपर्ने विषयहरुको अर्को प्रतिवेदन तपाईंहरुको निष्कर्षसहित सार्वजनिक लेखा समितिमा १५ दिनभित्र पठाइदिनुस् । त्यसपछि हामी लगातार छलफल शुरुवात गर्नेछौँ । सरकारी स्वायत्त निकायहरुमा लेखा परीक्षणलाई नियमित बनाउनेकुराप्रति गम्भीर बन्नुहोस् । सरकारी सार्वजनिक सम्पती पुँजी खर्च हुने विभाग, कोष, प्रतिष्ठान र निकायहरुमा लेखा अधिकारी अनिवार्य गरियोस् । यो महिनाभित्रै व्यवस्थापन गर्ने काम गरियोस् । आजसम्म महालेखा परीक्षण कार्यालयले लगत परीक्षण त गर्नुभयो । तर महालेखाले कार्यपरीक्षण गर्न आवश्यक छ । त्यसो नगर्दा ठिक ठाउँमा पुग्न सक्दैनौँ । यसका लागि जनशक्तिको के आवश्यक छ । विकास निर्माणको क्षेत्रमा आयोजना प्रमुखलाई कम्तीमा एक आर्थिक वर्ष सरुवा नगर्ने र बेरुजु भएर जवाफदेहीतासँग जोड्ने गरी आवश्यक प्रवन्ध होस् ।’

समितिलेसरकारी स्वायत्त निकायहरुमा लेखा परीक्षणलाई नियमित बनाउनेकुराप्रति गम्भीर बन्न, सरकारी सार्वजनिक सम्पती पुँजी खर्च हुने विभाग, कोष, प्रतिष्ठान र निकायहरुमा लेखा अधिकारी साउन महिनाभित्रै अनिवार्य गर्न पनि निर्देशन दिएको छ ।


प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?