Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

भूमिसम्बन्धी संशोधित कानून प्रदेश र स्थानीय तहलाई अपनत्वमा गाँस्न सक्नेगरी आउनुपर्यो : महामन्त्री शर्मा


काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमिसम्बन्धी विधेयकलाई तीनै तहको सरकारले अपनत्व लिने गरि थप समृद्ध बनाउनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सोमवारको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै महामन्त्री शर्माले विधेयकलाई संघीयताको मर्म र तीनै तह सरकारबीचको समन्वयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । उनले भूमिसम्बन्धी विधेयक संशोधनको आवश्यकता अपरीहार्य भएको भएपनि तीन तहको सरकारले अपनत्व नलिँदा कार्यान्वयनमा समस्या आउने भन्दै गम्भीर बन्नुपर्ने बताए । भूमि सम्बन्धी नीतिगत अधिकार प्रदेश सरकारलाई भएपनि मूल कानून संघीय संसदले निर्माण गर्ने प्रावधान रहेको उल्लेख गर्दै उनले प्रदेश सरकारलाई कानूनप्रति उत्तरदायी र संलग्न गराउन नसके कार्यान्वयनमा समस्या आउनसक्ने बताए ।

उनले भने, ‘एकतर्फ भुमिसम्बन्धी ऐनलाई संशोधन गर्नुपर्ने आवश्यकता पनि छ । अर्कोतर्फ यसमा अपनत्व कसरी गाँस्ने भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण छ । यससम्बन्धमा सम्मानित सर्वोच्च अदालतले केही आदेश पनि गरेको छ । हामी संघीयतामा छौं । संघीयताले आपसि सहकार्य र समन्वयको परिकल्पनाका साथ यो व्यवस्था आएको छ । भूमिसम्बन्धी नीति र कानून बनाउने अधिकार प्रदेश सरकारलाई पनि छ । तर मुल कानून संघीय संसदले नै बनाउने हो । यद्धपी हामीले बनाउने कानून स्थानीय तहसम्म पुग्ने हो । र बीचमा रहेका प्रदेश सरकारलाई यसको अपनत्वमा गाँस्न कसरी सकिन्छ ? कानून त बनाउन सकिएला तर उनीहरुलाई कानूनको अपनत्वमा गाँस्न सकिएन भने यसको कार्यान्वयनमा भोलिको दिनमा एक ढंगको जटीलता आउन सक्छ । त्यसकारण संघीयताको मर्मलाई कानून निर्माणको बेलामा बुझ्नको लागि म माननीय सदस्यहरुलाई आग्रह गर्न चाहन्छु । ’

भूमिसम्बन्धी विगतमा सर्वोच्च अदालतबाट भएका आदेशहरूप्रति ध्यान दिँदै भोलिको दिनमा कुनैपनि ठाउँबाट प्रश्न नउठ्ने गरी विधेयक निर्माण गर्नुपर्नेमा उनको जोड छ ।


प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?