११ असार, गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलस्रोत, कृषि, पर्यटनलगायत क्षेत्रमार्फत आत्मनिर्भर बनाउने योजना रहेको बताएका छन् । गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले गण्डकीभित्र आर्थिक आयआर्जनका प्रचुर सम्भावना रहेकाले योजनाबद्ध ढङ्गले प्रदेशलाई आत्मनिर्भर बनाउन लागिपरेको बताए। “हाम्रो प्रदेशले ऊर्जा क्षेत्रको विकासमार्फत आर्थिक समृद्धि हासिलका लागि
११ असार, धादिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेकै गठबन्धनको सरकार पाँच वर्ष चल्ने बताएका छन् । धादिङको गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसको नवनिर्मित भवनको आज उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान गठबन्धन नै पाँच वर्ष रहने बताएका हुन् । उनले भने, “अहिले कताकता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने
११ असार, एजेन्सी । तालिबान नेता मौलवी हिबतुल्लाह अखुन्दजादाले इद–उल–अजहाको आगमनपछि एक सन्देश जारी गर्दै तालिबानले विश्व, विशेष गरी इस्लामी मुलुकसँग असल राजनीतिक तथा आर्थिक सम्बन्ध चाहेको र यस सम्बन्धमा आफ्नो जिम्मेवारी पूरा गरेको बताएका छन्। काबुलबाट प्रसारण हुने अफगान समाचार च्यानल टोलो न्युजका अनुसार तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबान नेता
११ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत् आयोजनाको यही असारभित्रै शिलान्यास गर्ने तयारी भइरहेको बताएका छन् । उक्त आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पटक-पटक प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाको मोडालिटीका विषयमा सहमति भइसकेको र आवश्यक प्रक्रिया छिट्टै शुरु हुने जानकारी दिए । उनले आयोजनाको
११ असार, काठमाडाैँ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासँग आज नेपालका लागि नवनियुक्त दक्षिण कोरियाका राजदूत पार्क तइयोङले शिष्टाचार भेटवार्ता गरेका छन् । सम्माननीय अध्यक्षको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान प्रदान, हवाई उडान, पर्यटन तथा आर्थिक विकास लगायतका विषयमा कुराकानी भएको छ । भेटमा
११ असार, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । गत शनिबारदेखि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्रा डा रत्नमणि गजुरेलले जानकारी दिए । चिकित्सक टोलीले राष्ट्रपति पौडेलको आवश्यक नियमित परीक्षण गरिरहेको निर्देशक गजुरेलद्वारा जारी विज्ञप्तिमा
११ असार, काठमाडाैँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय परिवेशका आधारमा नेपाली सेनाको सङ्ख्या निर्धारण हुने भएकाले सङ्ख्यालाई निरपेक्षरूपमा हेरिनु नहुने बताएका छन् । सरकारद्वारा आव २०८०÷८१ का लागि प्रस्तुत बजेट तथा कार्यक्रममा रक्षा मन्त्रालय र मातहतका निकायका विषयमा उठेका जिज्ञासाको जवाफ दिँदै उनले संविधान र
११ असार, काठमाडाैँ । प्रतिनिधिसभामा दाङ र बागलुङमा चट्याङबाट भएको जनधनको क्षति, बाढीपहिरोका घटना, सप्तरीमा अन्तरजातीय विवाहपछि उत्पन्न विवाद र जिल्ला निर्वाचन कार्यालयको खारेजीसम्बन्धी प्रश्नका विषयले प्रवेश पाएको छ। सभामुख देवराज घिमिरेले सदन प्रारम्भ भएको घोषणा गर्नासाथ आकास्मिक समय माग गर्दै सांसद दीपक गिरीले दाङ र बाग्लुङमा चट्याङबाट चार जनाको मृत्यु
११ असार, काठमाडाैँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालको विधान अधिवेशन काठमाडौँमा जारी रहेको छ । अधिवेशनको दोस्रो दिन आज सहभागीबीच समूह निर्माण गरेर छलफल जारी रहेको छ । पार्टीको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले दिएको जानकारीअनुसार पार्टीका अध्यक्ष उपेन्द्र यादवले आइतबार प्रस्तुत गरेको विधानमाथि समूहगत छलफल भइरहेको छ ।
११ असार, एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले क्रेमलिनविरुद्ध रूसी लडाकु समूहले गरेको विद्रोहले राष्ट्रपति भ्लादिमिर पुटिनको अधिकारमा ‘वास्तविक दरार’ देखिएको बताएका छन् । निजी वाग्नर समूह र यसका विद्रोही नेता येवगेनी प्रिगोजिनले सप्ताहन्तमा गरेको विद्रोहले ’पुटिनको अधिकारलाई प्रत्यक्ष चुनौती दिएको छ,’ ब्लिन्केनले सीबीएस न्यूजको ‘फेस द नेसन’ कार्यक्रमका लागि