Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

साधारण तारेखमा रिहाइको माग गर्दै उच्च अदालत पाटन पुगे रायमाझी र खाणसहित १५ जना


१६ श्रावण, काठमाडाैँ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत प्रतिवादीहरू उच्च अदालत पाटन गएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका उनीहरू जिल्ला अदालत काठमाडौंको पुर्पक्षका लागि थुनामा पठाउने आदेशविपरीत निवेदन लिएर उच्च अदालत पाटन पुगेका हुन् ।

आइतबार उच्च अदालतमा खाणसहित १५ जनाको निवेदन दर्ता भएको छ । उनीहरूले आफूहरूलाई साधारण तारेखमा रिहाइको माग राखेका छन् ।

हिजो उनीहरूको निवेदनमा पहिलो सुनुवाइ गर्दै उच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको जानकारी दिइएको छ ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?