Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

साधारण तारेखमा रिहाइको माग गर्दै उच्च अदालत पाटन पुगे रायमाझी र खाणसहित १५ जना


१६ श्रावण, काठमाडाैँ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत प्रतिवादीहरू उच्च अदालत पाटन गएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका उनीहरू जिल्ला अदालत काठमाडौंको पुर्पक्षका लागि थुनामा पठाउने आदेशविपरीत निवेदन लिएर उच्च अदालत पाटन पुगेका हुन् ।

आइतबार उच्च अदालतमा खाणसहित १५ जनाको निवेदन दर्ता भएको छ । उनीहरूले आफूहरूलाई साधारण तारेखमा रिहाइको माग राखेका छन् ।

हिजो उनीहरूको निवेदनमा पहिलो सुनुवाइ गर्दै उच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको जानकारी दिइएको छ ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?