Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

कोशी प्रदेशका सभामुख बाबुराम गाैतमले दिए राजिनामा


१६ श्रावण, विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गाैतमले राजिनामा दिएका छन् ।

सरकार गठनका लागि सत्ता गठबन्धनलाई समर्थन गर्न उनले मंगलबार राजिनामा दिएका हुन् । यसभन्दा अघि गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका उद्धव थापालाई समर्थन गरेपछि हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चको फैसलासँगै गठबन्धनको सरकार नै ढलेको थियो ।

सभामुखबाट राजिनामा दिएसँगै गाैतम नेकपा (माअ‍ोवादी केन्द्र)को संसदीय दलको सदस्य भएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीका संसदीय दलका नेताले हस्ताक्षर गरी उद्धव थापालाई नै मुख्यमन्त्रीमा समर्थन गर्ने तयारी भइरहेको छ ।

कोशी प्रदेशमा मुख्यमन्त्री दाबीका लागि आज ५ बजेसम्मको समय तोकिएको छ ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?