Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

कोशी प्रदेशका सभामुख बाबुराम गाैतमले दिए राजिनामा


१६ श्रावण, विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गाैतमले राजिनामा दिएका छन् ।

सरकार गठनका लागि सत्ता गठबन्धनलाई समर्थन गर्न उनले मंगलबार राजिनामा दिएका हुन् । यसभन्दा अघि गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका उद्धव थापालाई समर्थन गरेपछि हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चको फैसलासँगै गठबन्धनको सरकार नै ढलेको थियो ।

सभामुखबाट राजिनामा दिएसँगै गाैतम नेकपा (माअ‍ोवादी केन्द्र)को संसदीय दलको सदस्य भएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीका संसदीय दलका नेताले हस्ताक्षर गरी उद्धव थापालाई नै मुख्यमन्त्रीमा समर्थन गर्ने तयारी भइरहेको छ ।

कोशी प्रदेशमा मुख्यमन्त्री दाबीका लागि आज ५ बजेसम्मको समय तोकिएको छ ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?