Trending
>>   नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा >>   जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड >>   नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन >>   रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन >>   ८ लाखले उपत्यका छाड्ने अनुमान :गाडीहरु अपुग भए सेना, प्रहरीका गाडीहरु समेत चलाइने >>   फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर) >>   मदिरा विक्री वितरण तथा सेवनमा प्रतिवन्ध, विक्री–वितरण वा सेवन गरे कारबाही गरिने >>   देश निर्वाचनमय भइसक्यो, सफल पार्न सबै लागौँः निर्वाचन आयुक्त डा. तुलाधर >>   लैङ्गिक समावेशितामा निर्वाचन आयोग कहिल्यै चुक्दैनः आयुक्त डा. जानकी तुलाधर >>   गृहजिल्ला झापामा ‘विकास र समृद्धिको एजेण्डा’ लिएर ओली जनताको आँगनमा
Logo
१६ फाल्गुन २०८२, शनिबार
१६ फाल्गुन २०८२, शनिबार

राजनिति


कमलबहादुर शाहलाई विश्वासको मत दिने नागरिक उन्मुक्ति पार्टीको निर्णय

२१ फागुन, सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीको तर्फबाट विश्वासको मत पाउने भएका छन् । संसदीय दलका नेता रामेश्वर चौधरीले दिएको जानकारी अनुसार आइतबार बसेको प्रदेश संसदीय दलको बैठकले शाहलाई विश्वासको मत दिने र सरकारमा पनि सहभागी हुने निर्णय गरे हो । शाहले मुख्यमन्त्रीको रूपमा आइतबार विश्वासको मत

नेपाली मोडलको पर्यटन आवश्यक: पर्यटनमन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले धरानलाई पूर्वी पर्यटनको केन्द्रका रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभएको छ । धार्मिकस्थल र सप्तकोसी जलमार्गलाई उपयोग गर्दै धरानलाई पर्यटनको केन्द्र बनाएर यस भेगका स्वदेशी उत्पादनको बजारीकरण गर्नुपर्ने उहाँको भनाइ थियो । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सुनसरी उद्योग वाणिज्य सङ्घले धरानमा आयोजना गरेको ‘धरान

राष्ट्रिय-अन्तर्राष्ट्रिय घेराबन्दीविरुद्ध लडिरहेको, चर्को बोल्दा बिग्रिन्छः प्रचण्ड

२१ फागुन, काठमाडाैँ। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू राष्ट्रिय अन्तर्राष्ट्रिय घेराबन्दीमा परेको र त्यसका विरूद्ध लडिरहेको बताएका छन् । आइतबार राजधानीमा शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले गरेको कार्यक्रममा यस्तो बताउँदै उनले पूर्व माओवादी एकठाउँमा आउनुपर्ने समेत बताए । तैंले मैले नभनी फेरि एक ठाउँमा केन्द्रित

सत्ता साझेदार दलको बैठक बस्दै, मन्त्रीमण्डल बिस्तारका बारेमा छलफल हुने

२१ फागुन, काठमाडाैँ। आज सत्ता साझेदार दलको बैठक बस्ने भएको छ । नेकपा माओवादी केन्द्र नेतृत्वको दलको बैठक आज बस्ने भएको हो । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बस्ने तय भएको छ। आजको बैठकमा २५ गते हुने राष्ट्रपति पदको निर्वाचन र मन्त्रीमण्डल विस्तारका बारेमा

माओवादी कांग्रेसको ढोक्सामा परेको हैन : महरा

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी नेपाली कांग्रेसको ढोक्सामा परेको नभई संविधान र गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सहकार्य गरेको बताउनुभएको छ । उदयपुरको कटारीमा आजदेखि सुरु भएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, कोशी प्रदेशको दोस्रो सम्मेलनका क्रममा यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष

गलत विचारलाई पराजित गर्न बौद्धिक सङ्घर्ष आवश्यक : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गलत विचारलाई पराजित गर्न बौद्धिक सङ्घर्ष आवश्यक रहेको बताउनुभएको छ । भक्तपुरको गठ्ठाघरमा आज आयोजना गरिएको नेपाल बुद्धिजीवी परिषद्को केन्द्रीय समितिको बैठकमा उहाँले देशको पक्षमा राम्रो गर्न खोज्दा सबै तिरबाट एमाले माथि प्रहार भएको गुनासो गर्नुभयो । बिनाप्रयास, बिनामिहेनत नलडी कोही

दण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणाली हो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासनप्रणाली भएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज ‘तलव सुविधा उच्चस्तरीय आयोग’को प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले दण्ड र पुरस्कारको असल अभ्यास गरेर मात्र सुशासन र समृद्धिको आधार तयार पार्न सकिनेमा जोड दिनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, “तपाईहरूको प्रतिवेदनमा

जनताको पहुँचमा इन्टरनेट पुर्याउनु सरकारको प्राथमिकता : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर वृद्धिलाई प्राथमिक दिएर त्यसमा सबै ठाउँ र सबै जनताको पहुँच स्थापित गर्नुपर्ने बताउनुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको रजत महोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री शर्माले मोबाइल र दूरसञ्चार सेवा शुल्कलाई किफायती बनाउनु पनि उत्तिकै महत्वपूर्ण सवाल रहेको

अन्तर्वार्ताः संविधान र लोकतन्त्रको रक्षा नै मेरो पहिलो कर्तव्य हुन्छ : नेता पौडेल

आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताउनुभएको छ । यही फागुन २५ गते हुने राष्ट्र प्रमुखको उम्मेदवारीका सन्दर्भमा रासससँग कुराकानी गर्दै उहाँले आफू प्रजातन्त्रका लागि छ दशकदेखि लड्दै आएकाले वर्तमान

स्ववियु निर्वाचन : उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता

त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता गरिएका छन् । शुक्रबार बेलुकासम्म उत्साहपूर्वक क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराएका हुन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी सङ्गठनले उत्साहपूर्वक निर्वाचनमा सहभागी हुनका लागि सङ्गठन दर्ता गराएको बताउनुभयो ।

सम्वन्धित समाचारहरु