Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

माओवादी कांग्रेसको ढोक्सामा परेको हैन : महरा


नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी नेपाली कांग्रेसको ढोक्सामा परेको नभई संविधान र गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सहकार्य गरेको बताउनुभएको छ ।

उदयपुरको कटारीमा आजदेखि सुरु भएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, कोशी प्रदेशको दोस्रो सम्मेलनका क्रममा यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष महराले आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा जित्ने बताउनुभयो ।

“राष्ट्रपतिको दायित्व नै संविधान तथा गणतन्त्रको रक्षा एवं शान्ति प्रक्रियाको काम पुरा गर्नु भएकाले हामीले यो समीकरण बनाएका हौँ”, उहाँले भन्नुभयो ।


प्रकाशित मिति: २० फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?