Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

राष्ट्रिय-अन्तर्राष्ट्रिय घेराबन्दीविरुद्ध लडिरहेको, चर्को बोल्दा बिग्रिन्छः प्रचण्ड


२१ फागुन, काठमाडाैँ। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू राष्ट्रिय अन्तर्राष्ट्रिय घेराबन्दीमा परेको र त्यसका विरूद्ध लडिरहेको बताएका छन् ।

आइतबार राजधानीमा शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले गरेको कार्यक्रममा यस्तो बताउँदै उनले पूर्व माओवादी एकठाउँमा आउनुपर्ने समेत बताए ।

तैंले मैले नभनी फेरि एक ठाउँमा केन्द्रित हुने समय आएको महसुस भएको प्रचण्डले बताए।

‘राष्ट्रिय अन्तर्राष्ट्रिय दबाव र घेराबन्दीविरुद्ध लडिरहेको छु । अरु पनि लडिरहनुभएको छ । हामी एकठाउँमा केन्द्रित भयौं भने अजय हुन्छौं ।’ उनले भने ।

उनले आफू प्रधानमन्त्री भएकाले चर्को बोल्दा पनि बिग्रिने बताउँदै भने, ‘मैले चर्को भन्न हुन्न, तपाईंहरुले भन्दा हुन्छ ।’

प्रधानमन्त्री समेत रहेका उनले आफू चर्को बोल्दा बिग्रिने दाबी गरे ।


प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?