Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

राष्ट्रिय-अन्तर्राष्ट्रिय घेराबन्दीविरुद्ध लडिरहेको, चर्को बोल्दा बिग्रिन्छः प्रचण्ड


२१ फागुन, काठमाडाैँ। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू राष्ट्रिय अन्तर्राष्ट्रिय घेराबन्दीमा परेको र त्यसका विरूद्ध लडिरहेको बताएका छन् ।

आइतबार राजधानीमा शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले गरेको कार्यक्रममा यस्तो बताउँदै उनले पूर्व माओवादी एकठाउँमा आउनुपर्ने समेत बताए ।

तैंले मैले नभनी फेरि एक ठाउँमा केन्द्रित हुने समय आएको महसुस भएको प्रचण्डले बताए।

‘राष्ट्रिय अन्तर्राष्ट्रिय दबाव र घेराबन्दीविरुद्ध लडिरहेको छु । अरु पनि लडिरहनुभएको छ । हामी एकठाउँमा केन्द्रित भयौं भने अजय हुन्छौं ।’ उनले भने ।

उनले आफू प्रधानमन्त्री भएकाले चर्को बोल्दा पनि बिग्रिने बताउँदै भने, ‘मैले चर्को भन्न हुन्न, तपाईंहरुले भन्दा हुन्छ ।’

प्रधानमन्त्री समेत रहेका उनले आफू चर्को बोल्दा बिग्रिने दाबी गरे ।


प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?