Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

कमलबहादुर शाहलाई विश्वासको मत दिने नागरिक उन्मुक्ति पार्टीको निर्णय


२१ फागुन, सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीको तर्फबाट विश्वासको मत पाउने भएका छन् ।

संसदीय दलका नेता रामेश्वर चौधरीले दिएको जानकारी अनुसार आइतबार बसेको प्रदेश संसदीय दलको बैठकले शाहलाई विश्वासको मत दिने र सरकारमा पनि सहभागी हुने निर्णय गरे हो ।

शाहले मुख्यमन्त्रीको रूपमा आइतबार विश्वासको मत लिने तयारी गरिरहेका छन् । यसअघि माओवादी केन्द्रले पनि शाहलाई विश्वासको मत दिने बताएको छ ।

सुदूरपश्चिममा कांग्रेसका १९, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी) ४ जना र राप्रपाका १ सांसद गरी ५३ सदस्य रहेका छन् ।


प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?