Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

कमलबहादुर शाहलाई विश्वासको मत दिने नागरिक उन्मुक्ति पार्टीको निर्णय


२१ फागुन, सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीको तर्फबाट विश्वासको मत पाउने भएका छन् ।

संसदीय दलका नेता रामेश्वर चौधरीले दिएको जानकारी अनुसार आइतबार बसेको प्रदेश संसदीय दलको बैठकले शाहलाई विश्वासको मत दिने र सरकारमा पनि सहभागी हुने निर्णय गरे हो ।

शाहले मुख्यमन्त्रीको रूपमा आइतबार विश्वासको मत लिने तयारी गरिरहेका छन् । यसअघि माओवादी केन्द्रले पनि शाहलाई विश्वासको मत दिने बताएको छ ।

सुदूरपश्चिममा कांग्रेसका १९, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी) ४ जना र राप्रपाका १ सांसद गरी ५३ सदस्य रहेका छन् ।


प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?