Trending
>>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक >>   आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

गलत विचारलाई पराजित गर्न बौद्धिक सङ्घर्ष आवश्यक : अध्यक्ष ओली


नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गलत विचारलाई पराजित गर्न बौद्धिक सङ्घर्ष आवश्यक रहेको बताउनुभएको छ । भक्तपुरको गठ्ठाघरमा आज आयोजना गरिएको नेपाल बुद्धिजीवी परिषद्को केन्द्रीय समितिको बैठकमा उहाँले देशको पक्षमा राम्रो गर्न खोज्दा सबै तिरबाट एमाले माथि प्रहार भएको गुनासो गर्नुभयो । बिनाप्रयास, बिनामिहेनत नलडी कोही विजेता नहुने उल्लेख गर्दै अध्यक्ष ओलीले विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायत प्रयोग गरेर बौद्धिकजगत्मा हाबी हुन बुद्धिजीवीलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “जनतालाई भ्रममा पार्न, जनतालाई सचेत हुन नदिन केही शक्ति सफल भएका छन्, जनतालाई भ्रममा पार्न खोज्ने, अल्मल्याउने, पथभ्रष्ट पार्न खोज्ने शक्तिको जञ्जालबाट जनतालाई मुक्त गर्न बुद्धिजीवीले बिगुल फुक्नु आवश्यक छ ।” बुद्धिजीवीले गलत बाटोमा हिँडेकालाई सही र सुल्टो बाटो देखाउन, परिवर्तन र रुपान्तरणको बाटो देखाउन आवश्यक रहेको उहाँको भनाइ थियो । अध्यक्ष ओलीले भन्नुभयो, “लगातार सय जना विरोधीले तपाइँको विरोध गरे भने नकारात्मक टिप्पणी गरे भने नआत्तिनूस्, तपाइँको विचारबाट उनीहरु तर्सिए, आत्तिए भन्ने बुझ्नूस् ।” बुद्धिजीवीलाई पढ्न, विषयको अध्ययन गर्न र लेख्न आग्रह गर्दै अध्यक्ष ओलीले तयारीका साथ सङ्गठित भएर गलत विचारविरुद्ध सही विचार प्रवाह गर्न सबैमा आग्रह गर्नुभयो । उहाँले बुद्धिजीवीलाई निरन्तर लेखिरहन सुझावसमेत दिनुभयो । कार्यक्रममा परिषद्का केन्द्रीय अध्यक्ष डा दिनेशचन्द्र देवकोटाले माओवादी केन्द्रले एमालेमाथि कुठाराघात गरेको आरोप लगाउनुभयो ।

बुद्धिजीवी परिषद् पार्टीसँग एकाकार भएर अगाडि बढ्ने उल्लेख गर्दै उहाँले एमालेको ग्रासरुट अभियानलाई सफल पार्न लागिपरेको बताउनुभयो । सो अवसरमा परिषद्को साङ्गठानिक प्रतिवेदन महासचिव गजेन्द्रप्रसाद थपलियाले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष गोपीकृष्ण न्यौपानेले तथा समसामयिक प्रस्ताव सुशील बिकेले पेस गर्नुभएको थियो भने त्यसमाथि देशभरबाट सहभागीबीच छलफल गरिएको थियो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं परिषद्का इन्चार्ज मनोजजङ्ग थापा, परिषद्का उपाध्यक्ष डा दीपेन्द्र भण्डारी, उपमहासचिव गोविन्द्रबहादुर शाहीलगायतले देशको वर्तमान राजनीतिक परिवेशमा बुद्धिजीवीले खेल्नुपर्ने भूमिकाबारे चर्चा गर्नुभएको थियो ।


प्रकाशित मिति: २० फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?