काठमाडौं । देउवा निवास बुढानीलकण्ठमा बसेको नेपाली कांग्रेसको बैठकले बझाङको प्रदेशसभा सदस्यमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। अभिषेक कांग्रेसका दिवंगत सांसद पृथ्वीबहादुर सिंहका छोरा हुन् । सुदूरपश्चिम सरकारमा कानूनमन्त्रीसमेत रहेका सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आकस्मिक बैठक बोलाएका छन् । चौधरीले पार्टी कार्यालय अनामनगरमा १० बजे सबै प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यलाई चौधरीले बैठकमा बोलाएका छन्। काङ्ग्रेस नेतृत्वकै सरकार जोगाउने पक्षमा रहेका चौधरी र एमाले माओवादीसहितको गठबन्धनको सरकार बनाउनुपर्ने पक्षमा रहेकि रन्जिता श्रेष्ठ विच नाउपामा सुरु
काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज पनि बस्ने भएको छ । उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन आज बैठक बस्न लागेको हो । यसअघि हिजो साँझ बसेको बैठकमा सभापति शेरबहादुर देउवा र शेखर–गगन पक्षबिच उम्मेदवार चयनमा विवाद भएपछि कुनै निर्णय लिइएको थिएन ।
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
काठमाडाैं । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ । बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, विषयगत समिति र संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्ने सम्भावित कार्यसूची छ । आजको बैठकमा अध्यक्षले राष्ट्रियसभाको उपाध्यक्ष पदको निर्वाचनको लागि दिन
काठमाडौँ। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ । यस्तै, कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधानको प्रगतिशील कार्यान्वयनका लागि आपसी एकतालाई सुदृढ गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ। ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा (माआवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ले नेपालका समाजवादी, देशभक्त र राष्ट्रवादीहरू एक ठाउँमा केन्द्रित हुनेहो भने समाजवादलाई तीब्र गतिमा अगाडि
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्रीलाई जवाफ दिन नदिने भएको छ । प्रतिनिधिसभामा सांसदहरुले उठाएको विषयमा मन्त्रालयगत जवाफ दिने क्रम सुरु भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पनि आफ्नो मन्त्रालयसँग जोडिएका प्रश्नहरुको जवाफ दिने तयारी गरेका छन् । मंगलबार संसद बैठकपछि लामिछानेले आफूले जवाफ दिन पाउनुपर्ने बताएका
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम र योजना तय गर्नुपर्ने बताएका छन्। समाजवादी मोर्चाले आज यहाँ आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले जनतालाई विश्वासमा नलिई समाजवादी र वामपन्थी शक्ति अगाडि बढ्न नसक्ने बताए । कम्युनिष्ट पार्टीका नेता
काठमाडौँ। अर्थमन्त्री वर्षमान पुनले विश्व व्यापीकरण, आर्थिक उदारीकरण र सूचना प्रविधिमा आएको परिवर्तनले आर्थिक क्रियाकलापको प्रकृति, प्रवृत्ति र पद्धतिमा समेत परिवर्तन आइरहेको बताएका छन् । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नमा जवाफ दिँदै अर्थमन्त्री पुनले कुनै निकायबाट राष्ट्रिय