Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

सम्पती अधिकार रक्षा गर्न हुलाक टिकट महत्वपूर्णः सञ्चारमन्त्री गुरुङ


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्पती अधिकार रक्षा गर्न हुलाक टिकटको भुमिका महत्वपूर्ण हुने बताएका छन् ।

मंगलवार सरदार भीमबहादुर पाँडेको तस्बिर अंकित हुलाक टिकटमा टाँचा प्रदान गर्ने कार्यक्रममा बोल्दै उनले देशमा लोप हुन लागेका रैथाने बालीनाली, वनस्पति, जनावर, पशुपंक्षीहरुको संरक्षणका लागि हुलाक टिकट प्रकाशन गर्ने बताएका छन् । बासमति धान नेपालको रैथानी बाली भएपनि हाल यसको प्याटन राईट्स भने भारतले लिएको उनले बताए । बासमति धानको प्याटन राईट्सबाट आउने रकम सबै भारतले पाउने तर नेपालले नपाउने उनको भनाई छ । यी लोपन्मुख चिजहरुलाई अन्तर्राष्ट्रिय जगतमा आफ्नो अधिकार दाबी गर्नको लागि पनि हुलाक टिकटहरुको महत्वपूर्ण भुमिका हुने उनले बताए । लोप हुन लागेका वस्तुहरुको नाममा अब सरकारले हुलाक टिकट छाप्ने उनले जानकारी दिएका छन् ।

उनले भने, ‘हाम्रो देशमा एकदमै लोप हुन लागेको चिजहरु हुन्छ नी । वनस्पति होला, जनावरहरु होला, पशुपंक्षीहरु होला । हाम्रो रैथाने बालीनालीका कुराहरु त्यो पनि अहिलेको जरुरी छ के, हाम्रो सम्पति अधिकार रक्षा गर्ने काममा हुलाक टिकटको एकदमै महत्वपुर्ण भुमिका हुन्छ । बासमती धान खासमा हाम्रो हो, तर बासमति धानको प्याटन राईट्स चाँही भारतले लिईसक्यो । त्यो प्याटन राईट्सबाट जति पैसा आउँछ, त्यो भारतले पाउँछ, नेपालले पाउँदैन । हाम्रो बेसारको कुरा होला बेसारको प्याटन राईट्स । धानमा पनि झिनुवा धान भन्ने हुन्छ, विभिन्न प्रकारका एक्ले धान छ होला । हाम्रो एक्ले फाँट भन्ने कति छ, कति । त्यस्तो चिजहरु चाहीँ संरक्षण गर्ने महत्वपूर्ण ठाउँ यो हुलाक टिकट पनि हो । लोप हुन बाट जोगाउने या आफ्नो अधिकार अन्तर्राष्ट्रिय जगतमा प्रश्तुत गर्नको लागि पनि यस्तो टिकटहरुको महत्वपूर्ण भुमिका हुन्छ ।’

सञ्चारमन्त्री गुरुङले देशमा योगदान दिने व्यक्तिहरुको नाममा पनि खोजी खोजी हुलाक टिकट छाप्ने बताएका छन् । विभिन्न मोर्चाहरु कुटनीतिक, लडाईं र प्रशासनिक मोर्चाहरुमा सहभागी भएर देश र जनताको पक्षमा लाग्ने व्यक्तिहरुको हुलाक टिकट प्रकाशन गर्ने उनको भनाई छ । उनले हामो भूमी जोगाउनको लागि पूर्खाहरुले लडाई गरेको बताएका छन् । पूर्खाहरुले लडाईं लडेर जोगाएको भूमी पनि अहिलेसम्म पाउन नसकेको उनको भनाई छ ।

उनले भने, ‘अहिलेसम्म हामीले हाम्रो भुगोल पुरा गर्न पाएका छैनौँ । अहिलेसम्म हाम्रो भूगोल मिचिएको भनेकै छौँ, हामीले । हाम्रा पूर्वजहरुले जोगाएको भूमी पनि अहिले हामीले पूर्ण रुपमा पाउन सकेका छैनौँ । हामी त्यही अभियानमा छौँ, त्यो कति ठूलो महत्वपूर्ण योगदान रहेछ उहाँहरुको । विभिन्न मोर्चाहरुमा, कुटनीतिक मोर्चा होस्, या लडाईंको मोर्चा या प्रशासनिक मोर्चाहरुमा त्यो बेलाको राजा महाराजा जो शासक प्रणाली थियो, त्यसमा रहेर देश र जनताको पक्षमा लाग्ने सपुतहरुको के उहाँहरु भनेको । त्यस्तो व्यक्तिहरुको त म खोजी खोजी हुलाक टिकट प्रकाशन गर्छु ।’

कालु पाँडेका छैटौँ पुस्ताका वंशज सरदार भीमबहादुर पाँडेको देशभक्ति र देश विकासमा रहेको योगदानको कदर गर्दै सरकारले उहाँको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०८१ चैत्र १७ गते भीमबहादर पाँडेको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार हुलाक सेवा विभागले १० रुपैयाँ दरको हुलाक टिकट प्रकाशनमा ल्याएको छ । सरदार भीमबहादुर पाँडे कुसल प्रसाशक, अर्थशास्त्री तथा लेखक समेत थिए ।


प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?