Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

सरकारले राज्यका सबै संयन्त्र कब्जा गरेर राज्य आतंक मच्चाउन खोज्यो : माओवादी केन्द्र


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले सरकारले राज्यका सबै संयन्त्रहरु कब्जा गरेर राज्य आतंक मच्चाउने प्रयास गरेको आरोप लगाएका छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उनले सरकारले संवैधानिक निकायदेखि न्यायालयसम्म नियन्त्रण गर्ने प्रयास गरेको आभास भइरहेको टिप्पणी गरेका छन् । उनले संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलामा प्रधानन्यायाधीश समेत अल्पमतमा पर्ने अवस्था आउनु न्याय सम्पादन प्रक्रियाकै मजाक भएको टिप्पणी गरेका छन् । उहनले पुरुषलाई बहुविवाह गर्न दिने अधिकारसम्बन्धी कानूनी मस्यौदाको समेत विरोध गर्दै उक्त प्रस्तावलाई अस्वीकार्य करार गरेका छन् ।

उनले भने, ‘झन्डै दुई तिहाईको सरकारले राज्यका सबै संयन्त्रमाथि कब्जा जमाएर राज्य आतंक मच्चाउन खोजेको हामीलाई आभास भएको छ । केही समय अगाडि संवैधानिक निकायका पदाधिकारीहरुको सम्बन्धमा परेको एउटा मुद्दामा सर्वोच्च अदालतका सम्माननीय प्रधानन्यायाधीशज्यु समेत अल्पमतमा रहनेगरी एउटा फैसला आएको थियो । र न्याय सम्पादन कार्यमा एउटा मजाको स्थिति सिर्जना भएको थियो । त्यसैगरी पुरुषहरुलाई बहुविवाह गर्न पाउने अधिकारको कानूनी मस्यौदाको कुरा पनि अगाडि आएको थियो । जसलाई हामी सबैले विरोध गर्यौं र यतिबेला ओझेलमा परेको छ । फेरि प्रतिनिधि सभाका सम्माननीय उपसभामुखज्यूलाई महाअभियोग लगाएर हटाउने भन्ने दुष्प्रयास भइरहेको छ भन्ने हामीले सुनेका छौं । यदि त्यस्तो भयो भने ठूलो बिडम्वना हुनेछ । यी सबै राज्य आतंक फैल्याउने कार्य बन्द गरियोस् ।’

सांसद आलेमगरले प्रतिनिधि सभाकी उपसभामुखलाई महाअभियोग लगाउने प्रयास भइरहेको सुनेको भन्दै त्यस्तो नगर्न चेतावनी दिंदै उनले राज्य आतंक फैलाउने कार्य तत्काल बन्द गर्न सरकारलाई चेतावनी दिएका छन्।


प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?