Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

सांसदहरुको हस्ताक्षर दलले दुरुपयोग गर्दैनः योगेश भट्टराई


काठमाडौँ। नेकपा एमाले सचिव योगेश भट्टराईले सांसदहरुको हस्ताक्षर राजनीतिक दलहरुले दुरुपयोग नगर्ने स्पष्ट पारेका छन् ।

सिंहदरबारमा मंगलवार हस्ताक्षर गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बेला बेलामा दलले आफ्ना सांसदहरुको हस्ताक्षर लिनु कुनै नौलो कुरा नभएको बताए । काँग्रेस र एमालेले सल्लाह गरेर हस्ताक्षर नगरेको भन्दै एकैदिन पर्नु संयोगमात्रै भएको बताएका छन् । महाअभियोग लगाउन, सरकार बदल्न हस्ताक्षरको काम लाग्ने उनको भनाइ छ ।

उनले भने, ‘पार्टीको संसदीय दलमा बेलाबेला माननीयज्युहरुको हस्ताक्षर लिइराख्छौँ । आपतविपद्को काममा प्रयोग हुन्छ । दलले हस्ताक्षर दुरुपयोग गर्दैन । यो ०४८ सालदेखि नै चलेको चलन हो । आफ्ना दलले आफ्ना माननीयहरुको हस्ताक्षर लिइरहेको हुन्छ । काँग्रेस र हाम्रो सल्लाहले हस्ताक्षर गरेको होइन, एकैदिन प¥यो होला । संयोग हो । हस्ताक्षरहरु विभिन्न काममा प्रयोग हुन्छन् । महाअभियोग, सरकार बदल्न प्रयोग हुन्छन् ।’

सचिव भट्टराईले संसद भदौभर सञ्चालन हुने पनि जानकारी दिएका छन् ।


प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?