Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भदौ २५ गते


काठमाडौँ । आन्तरिक विवाद समाधानसहित आगामी रणनीति तय गर्न नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही भदौ २५ गते स्थायी कमिटी बैठक आह्वान गरेको छ। बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ।

पार्टी केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार बैठकमा प्रदेश, जिल्ला र कमिटी अधिवेशन, आन्तरिक विवाद समाधान, संगठनात्मक कार्यक्रम, समाजवादी अभियानको समीक्षा, तथा आगामी राजनीतिक रणनीतिबारे छलफल हुनेछ।

साथै, महासचिव घनश्याम भुसाल नेतृत्वको कार्यदलले गरेको कामको समीक्षा गरी नयाँ चरणको कार्यक्रम तय गर्ने तयारी छ। बैठकमा समाजवादी विचारधारा भएका दलसँग सहकार्य, वाम एकता र समाजवादी मोर्चा सशक्तिकरणबारे पनि छलफल हुने जनाइएको छ।


प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?