Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भदौ २५ गते


काठमाडौँ । आन्तरिक विवाद समाधानसहित आगामी रणनीति तय गर्न नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही भदौ २५ गते स्थायी कमिटी बैठक आह्वान गरेको छ। बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ।

पार्टी केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार बैठकमा प्रदेश, जिल्ला र कमिटी अधिवेशन, आन्तरिक विवाद समाधान, संगठनात्मक कार्यक्रम, समाजवादी अभियानको समीक्षा, तथा आगामी राजनीतिक रणनीतिबारे छलफल हुनेछ।

साथै, महासचिव घनश्याम भुसाल नेतृत्वको कार्यदलले गरेको कामको समीक्षा गरी नयाँ चरणको कार्यक्रम तय गर्ने तयारी छ। बैठकमा समाजवादी विचारधारा भएका दलसँग सहकार्य, वाम एकता र समाजवादी मोर्चा सशक्तिकरणबारे पनि छलफल हुने जनाइएको छ।


प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?